चीनले लगायो जापानी सामुन्द्रिक खानामा प्रतिबन्ध

0
Shares

चीनले जापानबाट आयात गर्ने सम्पूर्ण सामुन्द्रिक खानामा प्रतिबन्ध लगाएको छ । जापानले फुकुसीमा न्युक्लियर पावर प्लान्टबाट उत्पन्न भएको रेडियोएक्टीभ केमिकललाई प्रशान्त महासागर (प्यासिफिक) मिसाएपछि चीनले जापानबाट आयात गर्ने सामुन्द्रिक खानामा रोक लगाएको हो ।

यसै सम्बन्धमा चीनको भन्सार विभागले एक विज्ञप्ति जारी गरी फुकुसीमा रेडियो एक्टीभ प्लान्ट प्रशान्त महासागरमा मिसाउँदा मानवीय स्वास्थ्यमा पर्ने असर बारे गम्भीर भएको जानकारी दिएको छ । सन् २०२२ मा चीनले जापानबाट ६० करोड अमेरिकी डलर बराबरको सामुन्द्रिक खाना आयात गरेको थियो । सामुन्द्रिक खाना आयात गर्ने देशहरुमा जापानको सबैभन्दा ठूलो व्यापारिक देश चीन हो । चीन र हङकङमा मात्रै जापानले कुल निर्यातको ४२ प्रतिशत सामुन्द्रिक खाना निर्यात गर्ने गरेको छ ।

चीनकै निर्णयलाई समर्थन गर्दै दक्षिण कोरियाले समेत जापानको सामुन्द्रिक खाना आयातमा प्रतिबन्ध लगाएको छ । जापानमा माछापालन गरेर नै आफ्नो जीविको पार्जन गर्ने मानिसहरुको जनसङ्ख्या धेरै छ । जापानको यो कदमले माछापालनलाई आफ्नो पेसा बनाएका अधिकांश मानिसहरु आन्दोलनमा उत्रिएका छन् ।

सन् २०११ मा जापानमा गएको महाविनाशकारी सुनामी र भूकम्पले फुकुसीमा रेडियोएक्टीभ पावर प्लान्टमा क्षति पु¥याएको थियो । लामो समयसम्म जापानी सरकारले उक्त प्लान्टको डिकमीसनिङ गर्ने उद्देश्यले संयुक्त राष्ट्र संघसँग वार्ता गरिरहेको थियो । गत महिना संयुक्त राष्ट्रसंघले प्रशान्त महासागरमा डिकमीसनिङ गर्ने अनुमति दिएपछि जापानले प्लान्टको डिकमीसनिङ प्रक्रिया सुरु गरेको हो ।

जापानले थोरै थोरै गरी प्रशान्त महासागरमा फुकुसीमा प्लान्टको रेडियोएक्टीभ वाटर रिलिज गर्ने भएको हो । प्रथम चरणमा ७ हजार ८०० क्युबिक मिटर पानी रिलिज हुने छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।