सनराइज बैंकले महिला उद्यमीलाई ६ प्रतिशत ब्याजदर छुटमा १५ लाखसम्म कर्जा दिने

0
Shares

सनराइज बैंकले महिला उद्यमीहरुलाई ब्याजदरमा ६ प्रतिशत छुटका साथ १५ लाख रुपैयाँ सहुलियत कर्जा दिने भएको छ ।

नेपाल उद्योग परिसंघमा आवद्ध साना तथा मझौला उद्यमीहरुलाई सनराइजले सरल रुपमा सहुलियतपूर्र्ण कर्जा दिने भएको हो । महिला उद्यमी व्यवसायीहरुलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने सम्बन्धमा समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ ।

समझदारीपत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) जनक शर्मा पौड्याल तथा परसिंघका तर्फबाट महानिर्देशक मेघनाथ न्यौपानेले हस्ताक्षर गरेका छन ।

सो अवसरमा परिसंघका अध्यक्ष सतिशकुमार मोरले सगम्र औद्योगिक विकासमा महिलाहरुको लगानी र दक्षता विकास गर्न परिसंघले लिने पहलमा सनराइजको सहकार्य फलदायी हुने विश्वास व्यक्त गरे ।

बैंकका सीईओ पौड्यालले परिसंघसँगको सहकार्यले महिला उद्यमीहरुलाई उद्योग तथा व्यवसाय विस्तारमा सहज व्यवस्था मिलाउन बैंकले हरदम प्रयास गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।