हिमाल दोलखा हाइड्रोपावरको लिलामी हकप्रद बाँडफाँड

0
Shares

हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले लिलामीमा बिक्रीम ल्याएको हकप्रद सेयर भदौ ८ गते शुक्रबार बाँडफाँड सम्पन्न गरेको छ ।
कम्पनीले हकप्रदमा अवितरित १५ लाख ७७ हजार २११ कित्ता हकप्रद साउन २२ गतेदेखि २९ गतेसम्म लिलामी बिक्री खुला गरेको थियो ।

बिक्री प्रबन्धक लक्ष्मी कयापिट मार्केटका अनुसार प्रतिकित्ता १२० रुपैयाँ सो सोभन्दा बढी मूल्य अंकित गरी लिलामीमा आवेदन दिएका १३३ जनाले सेयर प्राप्त गरेका छन् । लिलामी हकप्रद सेयर खरिदका लागि कुल ७३२ जनाले आवेदन दिएका थिए । आवेदकले अधिकतम प्रतिकित्ता १३५ रुपैयाँसम्म बोलकबोल गरेका थिए ।

कम्पनीले यसअघि जेठ २२ गतेदेखि असार २५ गतेसम्म चुक्ता पुँजीको ७५ प्रतिशत (१ः०.७५ अनुपात) ले हुन आउने १ करोड २० लाख कित्ता हकप्रद निष्कासन गर्दा वितरण हुन नसकेको सर्वसाधारण तर्फको सेयर लिलामी बिक्रीका लाग आह्वान गरेको थियो ।

चुक्ता पुँजी १ अर्ब ६० करोड रूपैयाँ रहेको कम्पनीको अवितरित हकप्रद सेयर बाँडफाँडपछि २ अर्ब ८० करोड रूपैयाँ पुगेको छ ।

हिमाल दोलखा हाइड्रोपावरले माई खोला साना जलविद्युत आयोजना (४.५ मेगावाट) र माई साना क्यासकेड जलविद्युत आयोजना (८ मेगावाट) सञ्चालन गरिरहेको छ । माई खोलाले २०६७ माघ १ गतेदेखि र माई साना क्यास्केडले २०७४ चैत २६ गतेदेखि व्यापारिक उत्पादन गरिरहेको छ ।

माई खोला साना जलविद्युत आयोजनको कुल लागत ७२ करोड ५१ लाख ४९ हजार रूपैयाँ रहेको छ भने माईसाना क्यास्केट जलविद्युत आयोजनाको कुल लागत १ अर्ब ४२ करोड ४७ लाख ३ हजार रूपैयाँ रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।