ट्वीटरले पनि अडियो भिडियो कल गर्नसक्ने सुविधा ल्याउँदै

0
Shares

अमेरिकी अर्बपति व्यवसायी एलन मस्कको स्वामित्वमा रहेको प्रशिद्ध सामाजिक सञ्जाल ट्वीटरले पनि अडियो भिडियो कल गर्न सकिने सुविधा ल्याउने भएको छ ।

मस्कले आफ्नो सामाजिक संजाल ट्वीटरमा अडियो र भिडियो कल सुविधा दिने घोषणा गरेका हुन् । ट्वीटरले छिट्टै नै अडियो भिडियो कल गर्न सुविधा लन्च गर्न लागेको मस्कले बताएका छन् । मस्कका अनुसार ट्वीटरमा चाँडै प्रदान गरिने अडियो र भिडियो कलको सुविधा एन्ड्रोइड, आईओएस, पीसी र म्याक सबै माध्यममा उपलब्ध हुनेछ ।

उनी ट्वीटरमा लेख्छन्,‘एक्समा चाँडै अडियो र भिडियो कलको सुविधा दिइनेछ । यो फिचर आईओएस, एन्ड्रोइड, एप्पल म्याक र माइक्रोसफ्टको कम्प्युटरमा प्रयोग गर्न सकिनेछ ।’

ट्वीटरमा भिडिओ र भ्वाइस कलिङका लागि कसैलाई आफ्नो मोबाइल नम्बर दिइरहनु नपर्ने बताइएको छ । फिचरसँगै अब मानिसहरुले आफ्नो फोन नम्बर नदिइकनै ट्वीटरबाटै विश्वको जुनसुकै ठाउँका अन्य व्यक्तिसँग कुराकानी गर्न सक्नेछन् । फेसबुक म्यासेन्जर, वाट्सएप, इन्स्टाग्रामजस्ता एप्सले यसअघि नै यस्ता किसिमका सुविधा प्रदान गरिसकेका छन् ।

ट्वीटर खरीद गरेर नयाँ मालिकको रुपमा मस्कले लगातार ट्वीटरमा विभिन्न परिवर्तनहरु भैरहेका छन् । कतिपय परिवर्तनहरु प्रयोगकर्ताको तीव्र आलोचनाको शिकार बनिरहेका छन् । कम्पनीका अनुसार प्लाटफर्ममा केही बहुप्रतिक्षित फिचरहरु निकट भविष्यमै थप भएका छन् । ट्वीटरका अनुसार यसमा डाइरेक्ट मेसेज अर्थात् डिएम फिचर,ट्वीटरको डिएममा इमोजी छान्ने नयाँ टुल थपिएको छ ।

ट्वीटरका ब्लु भेरिफाइड सबस्क्राइबरहरुले ८ जिबिसम्मका दुई घण्टा लामो भिडियो अपलोड गर्नसक्ने भएका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।