एनआईबिएल प्रगति फन्डको प्रतिफल घोषणा

0
Shares

एनआईबिएल प्रगति फन्डले आफ्ना इकाईधनीहरुलाई वितरण गर्ने प्रतिफल (लाभांश) घोषणा गरेको छ । एनआईएमबि एस क्यापिटलको भदौ १३ गते बसेको सञ्चालक समितिको बैठकले करसहित ६.८० प्रतिशत दरमा प्रतिफल वितरण गर्ने प्रस्ताव गरेको हो ।

एनआइएमबि एस क्यापिटलको व्यवस्थापनमा एनआईबिएल म्युचुअल फन्ड अन्तर्गत सञ्चालित उक्त फन्डले गत आर्थिक वर्ष २०७९–८० बाट कुल ५ करोड १० लाख रुपैयाँ बराबरको प्रतिफल वितरण गर्ने निर्णय गरेको हो ।

एनआईबिएल प्रगति फण्डको आ।व।२०७९र८० को लेखापरीक्षण कार्य बुधबार सम्पन्न भएको हो। योजनाको लेखापरीक्षण कार्य सम्पन्न भए लगतै योजना व्यवस्थापक एनआईएमबी एस क्यापिटलको बुधबार दिउँसो बसेको सञ्चालक समितिको बैंठकले प्रतिफल वितरणको निर्णय गरेको हो ।

प्रतिफल वितरणको लागि बुकक्लोज पछि तय गरिने क्यापिटलले जनाएको छ । 

एनआईबिएल प्रगति फन्डको कोष प्रबर्धक नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।