खानीखोला हाइड्रोपावरले सेयरधनीलाई शतप्रतिशत हकप्रद बेचेर ऋण तिर्ने

0
Shares

खानीखोला हाइड्रोपावर कम्पनीले ऋण तिर्न हकप्रद बिक्री गरेर सेयरधनीबाट रकम उठाउने भएको छ । कम्पनीले एक बराबर एक कित्ताको अनुपातमा (शतप्रतिशत) हकप्रद बिक्री गरेर हाल चुक्ता पुँजी बराबर नै रकम उठाउने निर्णय गरेको हो ।

कम्पनीको भदौ २४ गते आइतबार अपराह्न ३ः३० बजे बसेको सञ्चालक समितिको बैठकले हकप्रद निष्काशन गर्ने निर्णय गरेको हो । बैठकले ऋण भुत्तानी गर्नका लागी हाल कायम रहेको चुक्ता पुँजी ४६ करोड ५७ लाख १४ हजार ३०० रुपैयाँ बराबरको ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद बिक्री गर्ने निर्णय गरेको हो ।

कम्पनीले हकप्रद सेयर जारी गर्न विद्युत नियमन आयोगबाट पूर्व स्वीकृति लिई आगामी वार्षिक साधारण सभाबाट पारित गरी बिक्री गर्ने निर्णय गरेको कम्पनी सचिव सन्तोष भट्टराइले जानकारी दिए ।

वित्तीय अवस्था नाजुक

कम्पनीको वित्तीय अवस्था नाजुक भएसँगै कम्पनीले सेयरधनीबाट रकम उठाएर ऋण तिर्ने अवस्थामा पुगेको हो । अघिल्लो आवमा ६२ लाख ६४ हजार नाफा कमाएको कम्पनी गत आवमा २ करोड २८ लाख १४ हजार रुपैयाँ नोक्सानीमा पुगेको छ । बिद्युत बिक्री आय घटेपछि कम्पनीको नोक्सानी बढेको हो ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म कम्पनीको विद्युत बिक्रीबाट १४ करोड ८ लाख रुपैयाँ आम्दानी गरेपनि खर्च उच्च हुँदा खुद नाफा २ करोड २८ लाख १४ हजार रुपैयाँ ऋणात्मक बन्न पुगेको छ ।

गत आवमा नोक्सानीमा पुगेसँगै कम्पनीको जगेडा कोष ६ करोड ७८ लाख ८५ हजार रुपैयाँ ऋणात्मक भएको छ भने प्रतिसेयर नेटवर्थ घटेर ८५ रुपैयाँमा आइपुगेको छ ।

कम्पनीसँग ८० करोड ८५ लाख रुपैयाँ दीर्घकालीन ऋण तथा १८ करोड २७ लाख रुपैयाँ बराबरको ब्यापार र अन्य तिर्नुपर्ने अल्पकालीन दायित्व छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २४ भाद्र २०८०, आइतबार  १८ : १४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।