नेप्सेमा ४४ अंकको उछाल, चार कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट

0
Shares

सेयर बजार मापक सूचक नेप्से सोमबार नेप्से ४४.३० अंकले बढेर १९८६.९९ अंकले बढेको छ । यो वृद्धि पछिल्लो एक महीनापछिको उच्च वृद्धि हो । यसअघि यसअघि साउन २४ गते नेप्से ४१ अंक तथा सोभन्दा अघि साउन ७ गते ६३ अंकले बढेको थियो ।

एक महीना भन्दापछि ४० अंकभन्दा धेरैले नेप्से बढेसँगै एक अर्बभन्दा कमको दैनिक कारोबार हुँदै आएको बजारमा साढे एक अर्ब नाघेको छ । सोमबार १ अर्ब ५१ करोड ८३ लाख ४३ हजार ३९७ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। २७८ कम्पनीका ४७ लाख ४२ हजार ५११ कित्ता सेयर ३७ हजार ७९९ वटा संख्यामा खरिद बिक्री भएका हुन् ।

अघिल्लो दिन आइतबार २७६ कम्पनीको ४३ लाख १४ हजार ४१७ कित्ता सेयर १ अर्ब ७ करोड २२ लाख १२ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो । आइतबार नेप्से १०.२३ अंकले बढेको थियो ।

आज कारोबारमा आएका १३ वटा उपसमूहगत सूचकमध्ये होटल तथा पर्यटनमुलकसर्वाधिक ३.४५ प्रतिशत बढेको छ । यसैगरी जलविद्युत, विकास बैंक, उत्पादन तथा प्रशोधन, जीवन बीमा र निर्जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशत धेरैले बढेको छ ।

साल्ट ट्रेडिङ्ग कर्पोरेशनको सर्वाधिक कारोबार भएको छ । कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहेको उक्त कम्पनीको ६ करोड २५ लाख रुपैयाँको कारोबार भएको छ । यस्तै एभरेष्ट बैंकको ५ करोड ७१ लाख, सोल्टी होटल ५ करोड २४ लाख, चिलिमे हाइड्रोपावरको ५ करोड २३ लाख र शिवम सिमेन्टसको ४ करोड ९७ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

चार कम्पनीको सेयरमूल्य सोमबार सकारात्मक सर्किट लेवलमा बढेको छ । थ्रीस्टार हाइड्रोपावरको ९.९८, मेन्छियाम हाइड्रोपावरको ९.९७, मोलुङ हाइड्रोपावरको ९.८७ र सिद्धार्थ प्रिमियम इन्स्योरेन्सको सेयर मूल्य ९.८५ प्रतिशतलेब बढेको छ । प्रोगेशिभ फाइनान्सको सेयरमूल्य ८.६५ प्रतिशतले बढेको छ ।

आजको बजारमा सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीमाको इकाईमूल्य सर्वाधिक ७.४३ प्रतिशत घटेको छ । सोमबार नेपाल बैंक डिबेञ्चर २०८७, आरबिबि म्युचुअल फन्डको इकाईमूल्य र सूर्योदय वोमी लघुवित्तको सेयरमूल्य ३ प्रतिशतभन्दा धेरैले घटेको छ ।

सोमबारको कारोबारपछि कुल बजार पुँजीकरण २९ खर्ब ७४ अर्ब ५८ करोड ३२ लाख रुपैयाँमा समेटिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।