प्रभु सेलेक्ट फन्डको पहिलो लाभांश प्रस्ताव, कति दिँदैछ ?

0
Shares

प्रभु सेलेक्ट फन्डले पहिलो पटक इकाईधनीलाई प्रतिफल (लाभांश) घोषणा गरेको छ । फन्डले इकाईधनीलाई कर सहित ९.५० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

फन्डले २०७८ जेठ ५ देखि ९ गतेसम्म इकाई निष्कासन गरी जेठ १५ गते इकाई बाँडफाँड गरेको थियो । सात वर्ष अवधिको फन्डले अघिल्लो आवमा कुनैपनि लाभांश वितरण नगरेकोमा दोस्रो वर्ष साढे ९ प्रतिशत लाभांश वितरण गरेको हो । फन्डको आकार १ अर्ब २५ करोड रुपैयाँ रहेको छ ।

योजना व्यवस्थापक प्रभु क्यापिटलले प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालनमा रहेको प्रभु सेलेक्ट फण्डको आर्थिक वर्ष २०७९–८० को लेखापरिक्षण कार्य सम्पन्न भएसँगै लाभांश प्रस्ताव गरेको हो ।

भदौ २५ गते सोमबार बेलुका ५ः०० बजे क्यापिटलको कार्यालय कमलादीमा बसेको सञ्चालक समितिको १८७ औं बैठकले आर्थिक वर्ष २०७९–८० को लागि प्रभु म्युचुअल फण्ड अन्तर्गतको प्रभु सेलेक्ट फण्डले कर सहित ९.५० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । यसअनुसार फन्डले ११ करोड ८७ लाख ५० हजार रुपैयाँ लाभांश वितरण गर्नेछ ।

इकाईधनी दर्ता किताब बन्द हुने सम्बन्धि सूचना निकट भविष्यमा प्रकाशित गरिने क्यापिटलले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।