लक्ष्मी भ्यालु फन्ड–२ को इकाई नेप्सेमा सूचीकृत, आइतबारदेखि किनबेच गर्न सकिने

0
Shares

लक्ष्मी भ्यालु फन्ड-२ को इकाई भदौ २७ गते बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।

नेप्सेका अनुसार फन्डको दश रुपैयाँ अंकित दरमा ८० करोड रुपैयाँ बराबरको ८ करोड इकाई सूचीकृत भएको हो ।

नेप्सेले फन्डको इकाई कारोबारका लागि एलभीएफ-२ (LVF-2) कारोबार संकेत प्रदान गरेको छ ।

बुधबार फन्डको इकाई सूचीकृत भएसँगै भदौ ३१ गते आइतबारदेखि धितोपत्रको दोस्रो बजार (नेप्से) मा खरिद बिक्री गर्न सकिनेछ । नेकपा (एमाले) का उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधनको शोकमा सरकारले बिहीबार सार्वजनिक बिदा दिएकाले बिहीबार सेयर बजार बन्द हुनेछ । शुक्रबार सेयर कारोबार नहुने भएकोले आइतबारदेखि मात्र इकाई खरिद बिक्री हुनेछ ।

लक्ष्मी म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुने सो फन्डले साउन ५ गतेदेखि साउन १९ गतेसम्म सर्वसाधारणका लागि प्रतिइकाई १० रुपैयाँका दरले निष्काशन तथा बिक्री खुला गरेको इकाई आज नेप्सेमा सूचीकृत भएको हो । फन्डका इकाईहरु भदौ ४ गते बाँडफाँड गरिएको थियो ।

फन्डको योजना व्यवस्थापक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ भने कोष प्रबर्द्धक लक्ष्मी बैंक लिमिटेड रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।