हिमालयनमा बिलय हुन सिभिल क्यापिटलको विशेष साधारण सभाले दियो स्वीकृति

0
Shares

सिभिल क्यापिटल मार्केट लिमिटेडको बुधबारका सम्पन्न विशेष साधारण सभाले हिमालयन क्यापिटलमा बिलय हुन स्वीकृति प्रदान गरेको छ ।

सञ्चालक समितिका अध्यक्ष भोला बहादुर बिष्टको अध्यक्षतामा सिटिसी मल, सुन्धारा, काठमाडौंमा भदौ २७ गते बुधबारका सम्पन्न भएको विशेष साधारण सभाले हिमालयन क्यापिटल लिमिटेडसँग प्राप्तीमा जान स्वीकृति दिएको हो ।

सभाले सिभिल क्यापिटल मार्केट लिमिटेडलाई हिमालयन क्यापिटल लिमिटेडले गाभ्ने/प्राप्ति गर्ने र सञ्चालक समितिबाट अनुमोदन सेयर आदान प्रदान अनुपात १००ः३१ को आधारमा हिमालयन क्यापिटल लिमिटेडले सिभिल क्यापिटल मार्केट लिमिटेडलाइ प्राप्ति गर्ने लगायतका सबै प्रस्तावहरु पारित गरेको हो ।

यससँगै अब सिभिल क्यापिटल मार्केट लिमिटेड हिमालयन क्यापिटल लिमिटेडमा बिलय हुनेछ । जसअनुसार सिभिल क्यापिटलको १०० कित्ता नै कायम हुनेछ भने हिमालयन क्यापिटल लिमिटेडको १०० कित्ता घटेर ३१ कित्ता बराबर कायम हुनेछ । दुबै क्यापिटलको सम्पत्ति, दायित्व तथा कारोबारको मुल्याङ्कन प्रतिवेदन (डीडीए) अनुसार सेयर आदान–प्रदान अनुपात (स्वाप रेसियो) १००ः३१ स्वाप रेसियो मर्ज हुने भएका हुन् । सिभिल क्यापिटललाई गाभेपश्चात् हिमालयन क्यापिटलको नामबाट एकीकृत कारोबार सञ्चालन हुनेछ ।

क्यापिटलको सभाले डीडीए प्रतिवेदनबाट निर्धारण भएको स्वाप रेसियो स्वीकृत, सिभिल क्यापिटललाई गाभेपछि जारी पूँजी तथा चुक्ता पुँजी वृद्धि हुने भएकाले प्रबन्धपत्र तथा नियमावली संशोधन प्रस्ताव पारित गरेकाे छ । साथै, सिभिललाई प्राप्ति गर्ने प्रक्रिया सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेकाे छ ।

विशेष साधारण सभा सफलतापूर्वक सम्पन्न गर्न सक्रिय भूमिका निर्वाह गर्ने सेयरधनीहरु प्रति क्यापिटलले धन्यवाद व्यक्त गरेको छ । साथै कम्पनीको प्रगतिका लागि प्रत्यक्ष वा परोक्षरुपले सल्लाह, सहयोग, मार्गदर्शन गर्ने तथा योगदान दिने सम्बद्ध सबैप्रति कृतज्ञता प्रकट गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।