हिमालयन लघुवित्तको सेयर संरचना परिवर्तन, सर्वसाधारणको हिस्सा बढ्यो

0
Shares

हिमालयन लघुवित्त वित्तिय संस्था लिमिटेडको सेयर संरचना परिवर्तन भएको छ । यसअघि लघुवित्तमा रहेको संस्थापक सेयर हिस्सा घटाएर सर्वसाधारणतर्फको हिस्सा बढाइएको हो ।

परिवर्तित धितोपत्रको संरचना अनुसार अब लघुवित्तमा संस्थापक समूहतर्फ ५१ प्रतिशत ९१६ लाख ३१ हजार ०७२ दशमलव ४६३९ कित्ता० र सर्वसाधारण समुहतर्फ ४९ प्रतिशत ९१५ लाख ६७ हजार १०८ दशमलव ८३७९ कित्ता सेयर अभिलेख गरिएको छ ।

हिमालयन लघुवित्तले हाल कायम सेयर संरचना परिवर्तनको लागि आवश्यक सम्पूर्ण प्रकृया पूरा गरी नेप्से समक्ष परिवर्तित धितोपत्रको संरचना अभिलेख गरेको हो । भदौ २७ को निर्णयानुसार कम्पनीमा संस्थापक समूहतर्फ ५१ र सर्वसाधारण समूहतर्फ ४९ प्रतिशत सेयर अभिलेख गरिएको हो ।

कम्पनीको चुक्ता पुँजी ३१ करोड ९८ लाख १८ हजार १३० रुपैयाँ रहेको छ । साही अनुसार प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरका ३१ लाख ९८ हजार १८१ दशमलव ३०१८ कित्ता सेयर कायम छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।