प्रभु क्यापिटलले ६.३२% लाभांश पारित गर्दै, साधारण सभा आह्वान

0
Shares

प्रभु क्यापिटलले आर्थिक वर्ष २०७९–८० बाट चुक्ता पुँजीको ६.३१५८ प्रतिशत नगद लाभांश पारित गर्ने भएको छ । क्यापिटल लिमिटेडले आर्थिक वर्ष २०७९–८० सम्मको प्राप्त मुनाफाबाट कर सहित उक्त लाभांश वितरण गर्ने पारित गर्नेछ । 

प्रभु बैंकको सहायक कम्पनीको रुपमा स्थापित पुँजी बजारमा मर्चेन्ट बैंकरको रुपमा कार्यरत प्रभु क्यापिटल लिमिटेडको चुक्ता पुँजी ८० करोड रुपैयाँ छ । क्यापिटलको चुक्ता पुँजी १ अर्ब रुपैयाँ छ । यसअनुसार क्यापिटलले ६ करोड ३१ लाख ५८ हजार रुपैयाँ नगद लाभांश वितरण गर्नेछ ।

लाभांश सहितका प्रस्ताव पारित गर्न क्यापिटलले असोज १९ गते शुक्रबार आरण्य बुटिक होटल नागपोखरी काठमाण्डौंमा दिउँसो १ बजे पन्ध्रौं वार्षिक साधारण सभा आह्वान गरेको हो ।

सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आव २०७९–८० को लेखापरीक्षकको प्रतिवेदन सहितको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, आव २०७९–८० सम्मको वासलात र सोही अवधिको नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका संलग्न अनुसूची उपर छलफल गरी पारित गर्ने, आव २०८०–८१ का लागि लेखापरिक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरु उपर छलफल गरी पारित गर्नेछ ।

प्रभु क्यापिटल धितोपत्र बोर्डबाट निष्काशन तथा बिक्री प्रबन्धक, धितोपत्र प्रत्याभूति, सेयर रजिष्ट्रेशन, लगानी व्यवस्थापकको लागि अनुमती पाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।