सिटिजन्स बैंकको मोबाइलबाटै कर्जा, इन्टरनेट बैंकिङ्ग मार्फत मासिक ५० लाखसम्मको कारोबार

0
Shares

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडका ग्राहकले मोबाइल बैंकिङ्ग मार्फत ग्राहकले कर्जा लिन सक्ने सेवा सञ्चालन गरेको छ । बैंकले बैंकिङ क्षेत्रमा बढ्दो प्रविधिको प्रयोगलाई फण्ड ट्रान्सफरमा मात्र सीमित नराखी कर्जा सेवाको पनि व्यवस्था गरेको हो ।

कोरोना महामारीपछि नेपाली बैंकिङ्ग क्षेत्रले डिजिटाइजेसनमा ठूलो फड्को मारेको छ । कोरोनापछि बैंकिङ्ग क्षेत्रले प्रविधिको प्रयोगमा संख्यात्मक मात्र नभई गुणात्मक रुपमा समेत सकारात्मक परिवर्तन हाँसिल बैंकका बैंकिङ्ग कारोबार प्रमुख सुयस पौडेलले बताए । सिटिजन्स बैंकले पनि सरलीकृत डिजिटल तथा रिटेल बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आइरहेको उनको दाबी छ ।

सिटिजन्स बैंकले ग्राहकमैत्री सुविधा प्रदान गर्ने क्रममा इन्टरनेट बैंकिङ्ग सुविधा पनि प्रदान गरेको छ । यस अन्तर्गत स्टेटमेन्ट हेर्ने, रकमान्तर गर्ने लगायत बिल पेमेन्टको सुविधा पनि प्रदान गरिएको छ । ग्राहकहरूलाई इन्टरनेट बैंकिङ्ग मार्फत दैनिक २० लाख र मासिक ५० लाख रुपैयाँसम्मको कारोबार गर्ने सुविधा प्रदान गरिएको छ । यसैगरी विश्वको जुनसुकै कुनाबाट समेत इन्टरनेट बैंकिङ्ग सेवा प्रयोग गर्न सकिन्छ ।

बैंकको मोबाइल बैंकिङ्ग सेवा सहज, सरल र विश्वसनीय रहेको पौडेलको भनाई छ । नेपाली बैंकिङ्ग क्षेत्रकै उत्कृष्ट विशेषता सहितको मोबाइल बैंकिङ्ग सेवामा परम्परागत खाताको विवरण हेर्ने, रकमान्तर गर्ने बाहेक विभिन्न बिल पेमेन्ट, कार्डलेस भुक्तानी, भिसाकार्ड अनुरोध, अनलाईन मुद्दती खाता खोल्ने सुविधा, अनलाईन अपोइन्टमेन्ट सिस्टम साथै क्यूआर भुक्तानी जस्ता सेवा उपलब्ध रहेको उनले जानकारी दिए ।

“बैंकका मोबाइल बैंकिङ्ग ग्राहकले कर्जा सुविधा समेत लिनसक्ने सुविधा छ,” पौडेलले भने, “कर्जा सुविधाका साथै प्रिभिलेज बैंकिङ्ग जस्तो विशिष्टिकृत सेवाले गर्दा बैंकको मोबाइल बैंकिङ्ग एपलाई पृथक, उत्कृष्ट बनाउन मद्दत गरेको छ ।” यसैगरी अंग्रेजी मात्र नभई नेपाली भाषामा समेत मोबाइल बैंकिङ्ग प्रयोग गर्ने सकिने उनले जानकारी दिए ।

ग्राहकले बैंकसम्म नआई नयाँ भिसा कार्ड अनुरोध, पिन अनुरोध, कार्ड ब्लक लगायतका सेवाहरु अनलाईन तथा मोबाइल बंैकिङ्ग मार्फत प्रदान गरिरहेको छ । यसैगरी ग्राहकहरुले क्यूआर कोड रजिष्ट्रेशन अनुरोध, अकाउन्ट नम्बर परिवर्तन, मोबाइल नम्बर परिवर्तन जस्ता अनुरोध पनि अनलाईनबाट गर्न सकिने व्यवस्था रहेको पौडेलले बताए । त्यसबाहेक मेरो सेयर अनुरोध, सीआरएन नम्बर अनुरोध, मेरो सेयर पासवर्ड अनुरोध, मेरो सेयर रिन्यू जस्ता सेवाहरु समेत अनलाईन मार्फत गर्न सक्ने व्यवस्था रहेको पौडेलले बताए ।

बैंकले नेपाल तथा विदेशमा समेत सञ्चालन गर्न मिल्नेगरी एनपीआर र यूएसडी डेबिट कार्ड तथा क्रेडिट कार्ड सञ्चालनमा ल्याएको उनको भनाई छ । यसैगरी विदेश भ्रमणमा जाने ग्राहकहरुको लागि यूएसडी ट्राभल कार्ड समेत सञ्चालनमा ल्याएको जानकारी पौडेलले दिए । विदेश जाने नेपालीहरुले सटही सुविधा स्वरुप २ हजार ५०० अमेरिकी डलरसम्मको सटही सुविधा यसै कार्डबाट समेत खर्च गर्न पाउने व्यवस्था रहेको उनले जानकारी दिए ।

त्यसैगरी नेपालमै बसेर अनलाइन मार्फत वस्तु तथा सेवा प्रयोग गर्ने उदेश्यले ५०० डलरसम्मको ‘इकम कार्ड’ को सुविधा समेत बैंकले प्रदान गर्दै आएको छ । यस्तो सुविधा प्राप्त गर्न ग्राहकहरुले सिटिन्जन्स बैंकमा खाता खोल्नुका साथै प्यान नम्बर उपलब्ध गराउनुपर्नेछ । त्यसैका आधारमा वार्षिक ५०० डलरसम्म कार्डबाटै अनलाइन कारोबार गर्ने सुविधा समेत बैंकले उपलब्ध गराउँदै आएको उनको भनाई छ ।

बैंकले आफ्ना विभिन्न शाखाहरुबाट जीआरई, जिम्याट, टोफेल भिसा प्रोसेसिङ जस्ता सेवाहरुको अनलाईन भुक्तानी समेत गर्ने व्यवस्था मिलाएको छ । यसबाट डलर खाता नहुने ग्राहकहरुले समेत यस्तो सेवाहरु सरल रुपमा प्राप्त गर्न सक्ने जानकारी पौडेलले दिए । उनले तत्काल कार्ड आवश्यक भएका ग्राहकहरुलाई लक्षित गरि तत्काल कार्ड दिने व्यवस्था पनि बैंकले मिलाएको बताए । यस्तो सेवा नेपाली रुपैयाँ र यूएस डलर दुबै किसिमका कार्डमा उपलब्ध छ ।

बैंकले एटीएम सेवा अन्तर्गत काठमाडौं, पोखरा, विराटनगर, वीरगञ्ज, नेपालगञ्ज, बुटवल, धनगढी जस्ता मुख्य शहरमा मात्र नभई जुम्ला, जाजरकोट, मुगु जस्ता दुर्गम स्थानहरुबाट समेत सेवा प्रदान गर्दै आएको छ । यसरी विभिन्न भौगोलिक स्थानहरुका करिब डेढ सय एटीएम बुथबाट बैंकले आफ्नो सेवा विस्तार गरेको छ ।  सिटिजन्स बैंकले डिम्याट तथा आश्वा सेवा समेत प्रदान गर्दै आइरहेको छ । बैंकले ग्राहकहरुलाई अनलाईनमा मेरो सेयर मार्फत वा बैंकका शाखा कार्यालयमा उपस्तिभई सेयर आवेदन गर्ने सुविधा प्रदान गर्दै आएको बताउँदै उनले भने, “ग्राहकको सहजताको लागि आफ्नो डिम्याट तथा सीआरएन नम्बरको विवरण मोबाइल बैंकिङ्गबाटै समेत हेर्न सक्ने व्यवस्था छ ।”

बैंकले संसारको जुनसुकै कुनाबाट पठाएको रकम प्राप्त गर्न आफ्नै विप्रेषण सेवा “सिटिजन्स् रेमिट” सञ्चालनमा ल्याएको छ । साथै नेपालका अन्य विप्रेषण कम्पनिहरुसँग समेत सहकार्य गर्दै, जुनसुकै माध्यमबाट आएको विप्रेषण रकम ग्राहकहरुलाई प्रदान गर्ने व्यवस्था गरेको उनले जानकारी दिए । रेमिटेन्स प्राप्त गर्न बैंकसम्म आइपुग्ने कुनैपनि ग्राहक सेवा प्राप्त नगरी फर्कनुपर्ने अवस्था नरहनेमा बैंकको विश्वस्त छ । बैंकले मोबाइल बैंकिङ्ग प्रायोग गरी रेमिटेन्स प्राप्त गर्ने सेवाका साथै “सिटिजन्स् रेमिट” मार्फत प्राप्त रकम जुनसुकै बैंकमा तुरुन्तै जम्मा गर्ने ब्यवस्था समेत गरेको छ ।

डिजिटल कारोबारलाई प्रोत्साहन गर्न सिटिजन्स बैंकले विभिन्न संस्थाहरुसँग मिलेर सहकार्य गर्दै आएको उनले बताए । बैंकले विभिन्न हस्पिटल, होटेल, रेष्टुरेण्ट, क्लिनिक, म्यूजियम, पार्क लगायतमा डिस्काउन्टको व्यवस्था गरेको छ । भारतको प्रसिद्ध मेदान्त हस्पिटल, अपोलो हस्पिटल लगायतमा समेत बैंकका ग्राहकहरूले यस्तो सुविधा प्राप्त गर्दै आएको पौडेलको भनाई छ । बैंकले दराज अनलाइनमा सपिङ्ग गर्दा प्रत्येक बिहीबार ५०० रुपैयाँसम्मको डिस्काउन्ट प्रदान गर्दै आएको छ ।

बैंकले आफ्ना आन्तरिक तथा बाह्य प्रणलीलाई डिजिटाइज गर्ने प्रक्रियालाई प्राथमिकतामा राखेको उनले बताए । बैंकले थापाथलीस्थित आफ्नो कार्यालयबाट अत्याधुनिक कल सेन्टर सेवा सञ्चालनमा ल्याएको छ । उक्त कल सेन्टरबाट बैंकका ग्राहक सेवा प्रतिनिधिहरुले २४ सै घण्टा सेवा प्रदान गर्ने पौडेलले बताए । यस्तै बैकले बैंक कर्मचारीहरुको संलग्नता बिनै चेक डिपोजिट गर्ने सेवा प्रदान गरेको छ । यो हाल दरबारमार्ग, कलंकी, नयाँबजार, बिराटनगर, वीरगञ्ज, बुटवलस्थित हस्पिटल लाईन लगायतका शाखामा उपलब्ध छ । यसबाहेक बंैक टेलरको सहायता बिनै नगद जम्मा गर्न क्यास डिपोजिट मेसिनको समेत ब्यवस्था बैकले गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।