सिटिजन बैंकले नगद मात्र वितरण गर्ने, ८२ करोड २१ लाख लाभांश प्रस्ताव

0
Shares

सिटिजन बैंक इन्टरनेशनल लिमिटेडले नगद लाभांश मात्र वितरण गर्ने भएको छ ।

बैंकको २०८० भदौ ३१ गते बिहान १०ः०० बजे बसेको सञ्चालक समितिको ४२८ औं बैठकले चुक्ता पुँजीको ५.७९ प्रतिशत नगद लाभांश वितरणको लाभांश प्रस्ताव गरेको हो ।

सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७९–८० को वितरणयोग्य मुनाफाबाट २०८० असार मसान्तको चुक्ता पुँजी १४ अर्ब २० करेड ९ लाख ७४ हजार ६ रुपैयाँ ५.७९ प्रतिशतले हुने ८२ करोड २१ लाख ६१ हजार ६५२ रुपैयाँ ९६ पैसा नगद लाभांश दिने प्रस्ताव गरेको कम्पनी सचिव राजेन्द्र लाल श्रेष्ठले जानकारी दिए ।

प्रस्तावित उक्त नगद लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी साधारण सभाबाट स्वीकृत भएपछि मात्र वितरण हुनेछ ।

अघिल्लो आर्थिक वर्ष २०७८–७९ को वितरणयोग्य मुनाफाबाट बैंकले चुक्ता पुँजीको ९ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । पछिल्ला दुई वर्षमा बैंकले नगद लाभांश मात्र वितरण गरेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।