सानिमा इक्विटी फन्डको इकाईधनी दर्ता किताब बन्द मिति तय

0
Shares

सानिमा इक्वीटी फन्डको इकाईधनी दर्ता किताब बन्द मिति तय भएको छ । कम्पनी सञ्चालक समितिको बैठकले आगामी २०८० असोज १४ गते आइतबार एक दिनका लागि इकाईधनी दर्ता किताब बन्द गर्ने निर्णय गरेको हो ।

बुकक्लोज अनुसार असोज ११ गते बिहीबारसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा इकाई कारोबार भई कायम रहने इकाइधनीले मात्र प्रस्तावित प्रतिफल (नगद लाभांश) प्राप्त गर्नेछन् ।

कम्पनीको सञ्चालक समितिको भदौ २२ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९–८० बाट इकाईधनीलाई वितरण गर्ने लाभांंश प्रस्ताव गरेको थियो । बैठकले आर्थिक वर्ष २०७९–८० को मुनाफा तथा सो अवधिसम्म रहेको सञ्चित कोष समेतबाट योजनाको इकाईधनीहरुलाई कर सहित १८ प्रतिशतका दरले प्रतिफल (नगद लाभांश) वितरण गर्ने निर्णय गरेको थियो ।

सानिमा इक्वीटी फन्ड योजनाको सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित बन्दमुखी प्रकृतिको सामुहिक लगानी कोष योजना हो । जसको सानिमा बैंक लिमिटेड कोष प्रवद्र्धक तथा सानिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक र डिपोजिटरी रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।