हाथवे इन्भेष्टमेण्टको आईपीओ मंगलबार बाँडफाँड हुँदै, १२ लाखले नपाउने

0
Shares

हाथवे इन्भेष्टमेण्ट नेपाल लिमिटेडको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) असोज २ गते मंगलबार बाँडफाँड हुने भएको छ ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार मंगलबार बिहान ९ बजे साधारण सेयर (आईपीओ) बाँडफाँड हुनेछ ।

धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम हुने कम्पनीको आईपीओ बाँडफाँडमा भाग्यमानी १ लाख २१ हजार ३८७ जनाले मात्र सेयर पाउनेछन् ।

अन्तिम दिनको तथ्याङ्कलाई आधार मान्दा कम्पनीको आईपीओमा १२ लाख ५ हजार बढी आवेदकको हात खाली हुने देखिएको छ । यो संख्या कुल आवेदकको ९० प्रतिशतभन्दा धेरै हो । आईपीओमा १० प्रतिशतले मात्र हात पार्नेछन् ।

कम्पनीको आईपीओ १ लाख २१ हजार ३८७ जनालाई न्यूनतम २० कित्ताका दरले २४ लाख २७ हजार ७४० कित्ता बाँडफाँड हुनेछ । यसरी बाँडफाँड भई बाँकी रहेको १० कित्ता सेयर गोलाप्रथाबाट सेयर पाउनेमध्ये १० जनालाई थप १–१ कित्ताका दरले वितरण हुनेछ । यसअनुसार कम्पनीको आईपीओ १० जनाले २१ कित्ता पाउनेछन् भने १ लाख २१ हजार ३७७ जनाले २० कित्ताका दरले पाउनेछन् ।

कम्पनीको आईपीओमा अन्तिम दिनसम्म १३ लाख २७ हजार २११ जनाले ३ करोड १३ लाख १६ हजार २४० कित्ताका लागि आवेदन दिएका छन् । कम्पनीले भदौ २१ देखि २५ गतेसम्म २४ लाख २७ हजार ७५९ कित्ता आईपीओ सर्वसाधारणमा विक्री खुला गरेको थियो । कम्पनीले प्रतिकित्ता अंकित मूल्य ५० रुपैयाँका दरले आईपीओ निष्काशन गरेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।