प्रभु सेलेक्ट फन्डले तोक्यो बुकक्लोज

0
Shares

प्रभु सेलेक्ट फन्ड प्रतिफल (नगद लाभांश) वितरण प्रयोजनका लागि इकाई दताए किताब बन्द अर्थात बुकक्लोज मिति तोकेको छ । फन्डले प्रतिफल वितरण प्रयोजनका लागि असोज १२ गते शुक्रबार एकदिन बुकक्लोज गर्ने निर्णय गरेको हो ।

बुकक्लोजको आधारमा असोज ११ गते बिहीबारसम्म नेप्सेमा इकाई कारोबार भई कायम रहने इकाईधनीहरूले मात्र प्रतिफल प्राप्त गर्न सक्नेछन् ।

फन्ड व्यवस्थापक प्रभु क्यापिटलको भदौ २५ गते सम्पन्न सञ्चालक समितिको बैठकले प्रभु सेलेक्ट फन्डका इकाईधनीहरुलाई आर्थिक वर्ष २०७९–८० बाट करसहित ९.५० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो । यस वर्ष योजनाका इकाइधनीहरुका लागि कर सहित ११ करोड ८७ लाख ५० हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय योजना व्यवस्थापकले गरेको हो ।

प्रभु सेलेक्ट फन्ड प्रभु क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित प्रभु म्युचुअल फन्ड अन्तर्गत सञ्चालित बन्दमुखी प्रकृतिको सामुहिक लगानी कोष योजना हो । सात वर्षमा परिपक्क हुने यस योजनाको आकार १ अर्ब २५ करोड रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।