युनिक नेपाल लघुवित्तले २० प्रतिशत लाभांश वितरण गर्ने

0
Shares

युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले चुक्ता पुँजीको २० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । भदौ २९ गते बसेको सञ्चालक समितिको बैठकले २० प्रतिशत नगद वितरण गर्ने निर्णय गरेको हो ।

लघुवित्त कम्पनीले गत आर्थिक वर्ष २०७९–८० को मुनाफाबाट चुक्ता पुँजीको १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

नेपाल राष्ट्र बैंकले पछिल्लो समय जारी गरेको निर्देशनलाई ध्यानमा राखी संस्था स्थापना भएको पाँच वर्ष भएपनि कुल २० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको कम्पनीले जानकारी दिएको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरूले पाउनेछन् ।

हाल लघुवित्तको चुक्ता पुँजी १४ करोड ८५ लाख ७५ हजार रुपैयाँ रहेको छ । प्रस्तावित लाभांश अनुसार कम्पनीले २ करोड ८२ लाख २९ हजार २५० रुपैयाँ बराबरको बोनस सेयर र १४ लाख ८५ हजार ७५०रुपैयाँ नगद लाभांश वितरण गर्नेछ ।

बाँकेको कोलपुरस्थि न्यरोडमा केन्द्रीय कार्यालय रहेको युनिक नेपाल लघुवित्त वित्तीय संस्था र कञ्चनपुरको श्रीपुर बेलौरीस्थित बेलौरीमा केन्द्रीय कार्यालय रहेको घोडीघोडा लघुवित्त वित्तीय संस्थाबीच मर्जर भई २०७८ पुस ३० गतेदेखि युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड’ को नामबाट एकीकृत कारोबार भएको थियो । घोडीघोडाको १०० कित्ता सेयर बराबर युनिक नेपालको ५० कित्ता सेयर हुनेगरी मर्जर सम्पन्न भएको थियो ।

मर्जरपछि लघुवित्तले संस्थापक साधारण सेयर अनुपात मिलान गर्न लघुवित्तले २०८० जेठ ११ देखि १७ गतेसम्म सर्वसाधारणमा प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३ लाख ७९ हजार ४२५ कित्ता एफपीओ बिक्री गरेको थियो ।

लघुवित्तको केन्द्रीय कार्यालय कोहलपुर नगरपालिका ११ न्यूरोड बाँकेमा रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।