नेको इन्स्योरेन्सको विशेष साधारण सभा आह्वान, २५% हकप्रद प्रस्ताव पारित गर्दै

0
Shares

नेको इन्स्योरेन्स लिमिटेडले असोज १९ गते शुक्रबार विशेष साधारण सभा आह्वान गरेको छ । भदौ ३१ गते बसेको सञ्चालक समितिको बैठकले लिसारा रिसेप्सन नक्साल काठमाण्डौंमा बिहान ११ बजे विशेष साधारण सभा गर्ने निर्णय गरेको हो ।

कम्पनीले विशेष साधारण सभाबाट विशेष प्रस्ताव अनुसार २५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ । हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब १ करोड २३ लाख ६० हजार ६१९ रुपैयाँको आधारमा २५ प्रतिशतले हुन आउने ५० करोड ३० लाख ९० हजार १५५ रुपैयाँ बराबरको ५० लाख ३० हजार ९०१ कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ । विशेष साधारण सभाबाट पारित गरेपछि कम्पनीले हकप्रद सेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिनेछ ।

विशेष साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज १० गते बुधबार एक दिन बुकक्लोज गर्ने मिति तोकेको छ । बुकक्लोजको आधारमा असोज ९ गते मंगलबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहने सेयरधनीहरूले मात्र सभामा भाग लिन पाउनेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।