सात कम्पनीको सेयर मूल्य ९% धेरै बढ्यो, तीन वटामा सकारात्मक सर्किट

0
Shares

साता तेस्रो दिन मंगलबार नेप्से १६.२४ अंकले बढेर १९८५ को बिन्दुमा कायम हुँदा ७ कम्पनीको सेयरमूल्य ९ प्रतिशत धेरै बढेको छ । तीन कम्पनीको सेयर मूल्यमा त सकारात्मक सर्किट नै लागेको छ ।

आजको बजा।मा शुभम पावर, थ्रीस्टार हाइड्रोपावर र मेन्छियाम हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । यी कम्पनीको सेयर मूल्य क्रमशः १०, ९.९९ र ९.९८प्रतिशतले बढेको हो ।

त्यस्तै, बलेफी हाइड्रोपावरको ९.८० प्रतिशत, अभियान लघुवित्तको ९.७९ प्रतिशत, पिपल्स हाइड्रोपावरको ९.५६ प्रतिशत, राप्ती हाइड्रो एण्ड जनरल कन्ट्रक्सन ९.२० प्रतिशतले बढेको छ । पन्चकन्या माइ हाइड्रोपावर, बाराही हाइड्रोपावर, मोलुङ्ग हाइड्रोपावर, हिमालयन हाइड्रोपावर, श्वेतगंगा हाइड्रोपावर, न्यादी हाइड्रोपावर र हिमालयन उर्जा विकास कम्पनीको सेयरमूल्य ८ प्रतिशतभन्दा धेरै बढेको छ।

आज कारोबारमा आएका २७२ कम्पनीमध्ये १८२ कम्पनीको सेयर मूल्य बढेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।