सूर्योदय वोमी र महुली लघुवित्तले एफपीओ जारी गर्ने, बोर्डसँग मागे अनुमति

0
Shares

सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड र महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले थप सार्वजनिक निष्कासन (फर्दर पब्लिक अफरिङ्ग-एफपीओ) बिक्री गर्ने भएका छन् ।

दुई कम्पनीले ५ करोड २२ लाख १७ हजार ८६९ रुपैयाँको एफपीओ बिक्रीको अनुमति माग गर्दै भदौ महीनामा पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) सँग अनुमति मागेका हुन् ।

सूर्योदय वोमी लघुवित्तले ४६ लाख ७२ हजार ९५४ रुपैयाँ ५० पैसा बराबरको ४६ हजार ७२९ दशमलव ५४५ कित्ता एफपीओ सार्वजनिक निष्काशन गर्न लागेको हो । कम्पनीले प्रति कित्ता १०० रुपैयाँको दरमा एफपीओ जारी गर्न कम्पनीले भदौ १८ गते बोर्डमा निवेदन दिएको हो ।

एफपीओ निष्कासन गर्न कम्पनीले कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको अधिकृत पुँजी एक अर्ब, जारी पुँजी ९१ करोड ५४ लाख ५५ हजार ४६३ रुपैयाँ र चुक्ता पुँजी ९१ करोड ७ लाख ८२ हजार ५०८ रुपैयाँ छ । वित्तीय संस्थाले १९२ वटा शाखा कार्यलयहरुबाट १ लाख ७१ हजार भन्दा बढी सदस्यलाई सेवा दिँदै आईरहेको छ ।

यसैगरी महुली लघुवित्तले पनि ४ करोड ७५ लाख ४४ हजार ९१५ रुपैयाँ बराबरको एफपीओ निष्काशनको माग गर्दै नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएको छ ।

कम्पनीले भदौ २४ गते १०० अंकित दरका कुल ४ लाख ७५ हजार ४४९ कित्ता एफपीओ बिक्री गर्न सेबोनसँग अनुमति मागेको हो । कम्पनीले एफपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेडलाई चयन गरेको छ ।

बोर्डले अनुमति प्रदान गरिपछि मात्र दुबै कम्पनीले एफपीओ जारी गर्नेछन् ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ४ आश्विन २०८०, बिहिबार  १४ : ०७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।