धितोपत्र बजारमा वाइको र आइएमई समुहको एकाधिकार तोड्न नसकेको बोर्ड अध्यक्षको स्वीकारोक्ति

0
Shares

नेपाल धितोपत्र बोर्ड धितोपत्र बजारको प्रविधिमा वाइको प्रालि र आइएमई समुहको एकाधिकार तोड्न असफल देखिएको छ । सीमित व्यक्ति वा समुहको कब्जाबाट धितोपत्र बजारको प्रविधिलाई बाहिर ल्याउन बोर्डले कारोबार विनियमावली संशोधन गर्दा पनि नसकेको हो ।

धितोपत्र बजारमा प्रयोग हुने सबै प्रविधि कुनै एक समुहको कब्जामा हुँदा सेयर लगानीकर्ताका गोप्य सूचनाको दुरुपयोग हुने गरेको छ । त्यतिमात्र नभई धितोपत्र बजारका सम्पूर्ण तथ्याङ्कको पहुँचमा व्यापारिक समुहको हातमा हुँदा धितोपत्र बजारलाई नै प्रभावित पार्ने जोखिम समेत उत्तिकै रहने गरेको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से), धितोपत्र बजारका प्रविधि, कारोबार व्यवस्थापन प्राणली, तथ्याङ्क प्रयोग लगायत विषयलाई समेटेर धितोपत्र कारोबार विनियमावली २०७५ लाई संसोधनको मस्यौदा धितोपत्र बोर्डमा पठाएको थियो । सो मस्यौदामा बोर्डले आवश्यक संशोधन गरेर २०७९ बैंशाखमा स्वीकृत गरेको थियो । विनियमावलीको परिच्छेद २ पछि २ ‘क’ थप गरेर धितोपत्र बजारमा प्रयोग हुने प्रविधिको सम्बन्धमा व्यवस्था गरिएको छ । बोर्डले नियमावली स्वीकृत गर्दै वाइको र आइएमई समुहको सहकार्य सहितको एकाधिकार तोड्ने प्रयास गरिएको भएपनि विनियमावली कार्यान्वयन नै नभएको धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले बताए ।

“कुनै एक व्यापारिक समुह हाबी हुँदा संशोधित विनियमावली कार्यान्वयन गर्न सकिरहेका छैनौं,” बोर्ड अध्यक्ष हमालले भने, “धितोपत्र बजारका गोप्य तथ्याङ्क कुनै एक व्यपारिक समुहको हातमा हुँदा समग्र बजारलाई नै जोखिम बढेको छ ।” वाइको नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कारोबार प्रणालीको भेण्डर कम्पनी हो । वाइकोले आइएमई समुहसँग मिलेर वाइको सोलुसन कम्पनी स्थापना गरी नेप्सेकै कारोबार व्यवस्थापन प्रणालीको मर्मत तथा सम्भार गर्दै आएको छ ।

बोर्ड कारोबार विनियमावलीमा ब्रोकर मिलेर वा एक्लैले पनि तोकिएको मापदण्ड पूरा भएको कारोबार व्यवस्थापन प्रणाली ल्याउन वा सञ्चालन गर्न सक्ने व्यवस्था गरेको छ । सो अनुसार धितोपत्र ब्रोकरले कारोबार व्यवस्थापन प्रणाली विकास गर्दा नेप्सेको कारोबार प्रणालीको भेण्डर कम्पनीको सहायक कम्पनीको विजनेश जाने भएपछि वाइकोले विभिन्न बाहाना बनाउँदै असहयोग गर्ने गरेको हमालले बताए ।

“कारोबार व्यवस्थापन प्रणाली वाइको सोलुसनभन्दा बाहिरको भएको खण्डमा वाइकोले नेप्से अनलाइन कारोबार प्रणालीसँग कनेक्सन नदिने लगायत समस्या सृजना गरेको सुन्न आएको छ,” अध्यक्ष हमालले भने, “त्यस्तो समस्या आएको हो भने बोर्डमा उजुरी दिनुहोस् के गर्नुपर्ने हुन्छ हामी गर्छौं ।” आफ्नो समस्याबारे उजुरी दिँदा वाइकोले अहिले प्रयोग भैरहेको नेप्सेकै कारोबार व्यवस्थापन प्रणालीमा समस्या सृजना गरिदिने वा नयाँ जोड्दा पनि समस्या देखाउने डरले सम्बन्धीत पक्ष उजुरी दिनबाट डराउने गरेको उनको भनाई छ ।

वाइकोले विभिन्न बाहानाबाट समस्या सृजना गरेको खण्डमा सेयर कारोबार नै गर्न नपाउने अवस्थासम्म आउन सक्ने भएकाले डराएको हुनसक्ने उनको अनुमान छ । बोर्डमा उजुरी आएको खण्डमा आवश्यक कारबार्ही गर्न सहज हुने बताउँदै हमालले भने, “कडाइका साथ विनियमावली कार्यान्वयन गरी एकाधिकार तोड्न र बजारलाई प्रतिस्पर्धी बनाउने कामलाइ तीब्रताका साथ अघि बढाइन्छ । त्यसका लागि लगानीकर्ता तथा धितोपत्र ब्रोकरलाई परेको कुनै अफ्ठ्यारो भएमा उजुरी दिएर सहयोग गर्नुहोस् ।”

अनलाइन कारोबार प्रणाली, कारोबार व्यवस्थापन प्रणाली तथा ब्रोकर ब्याक अफिसको भेण्डर कम्पनी, वार्षिक एमएमसी गर्ने संस्था तथा केन्द्रीय निक्षेप सेवाको प्रविधिक पक्ष हेर्ने पनि एउटै संस्था हुन नहुने व्यवस्था विनियमावलीमा छ । यस्तो व्यवस्था गरिएको भएपनि कार्यान्वयन नहुँदा धितोपत्र बजारको एकाधिकार वाइको र आइएमई समुहमा कायमै रहेको हो । धितोपत्र बजारमा प्रयोग हुने प्राविधिक सेवा प्रदाय संस्था एउटै हुँदा स्वार्थ बाझिने तथा सूचना तथा तथ्याङक्को गलत प्रयोग हुने जोखिम हुने भएकोले विनियमावलीमा फरक–फरक संस्था हुनुपर्ने व्यवस्था गरिएको हो ।

धितोपत्र बजारमा प्रयोग भएका प्राविधिको सन्दर्भमा नियामक निकाय धितोप बोर्ड भन्दा पनि व्यापारिक समुह शक्तिशाली भएपछि विनियमावलीको पालना नगरी वाइको र आइएमई समुहले आफ्नो एकाधिकार कायम राखेका हुन् ।

सम्बन्धीत अन्य समाचारहरू:-

आइएमई समुहको सेयर बजार कब्जा गर्ने ‘ग्राण्ड डिजाइन’ को अवसान !

‘सेयर कारोबार विनियमावली २०७५’ तेस्रो संशोधन लागू भएसँगै ब्रोकर आफैँलाई टीएमएस चलाउने बाटो खुल्यो

धितोपत्र कारोबार विनियमावली स्वीकृत भएसँगै आइएमई र वाइकोको सहकार्यमा ‘ब्रेक’

वाइको र आइएमई समुहलाई बचाउ गर्दै नेप्सेको जवाफ धितोपत्र बोर्डमा

आइएमईको सेयर बजार कब्जा रणनीतिमा नेप्सेको मौन स्वीकृति, वाइको कै जवाफ बोर्डमा पठाउँदै

चन्द्र ढकालको सेयर बजार सञ्जाल, धितोपत्र किनबेचदेखि नीति निर्माण तहसम्मको उपस्थिति कति ठीक ?

ब्रोकर ब्याक अफिस ‘बोस’ पनि आइएमई समुहको कब्जामा, टिएमएसमा इन्टिग्रेट गर्दा कारोबार अबरुद्ध

सेयर बजार कब्जा गर्ने आइएमईको रणनीतिमा अर्थको चासो, अध्ययन गरी कारबाही गर्न निर्देशन

आइएमई र वाइकोबीचको सहकार्यमा नेप्से मौन, धितोपत्र बोर्डको दोस्रो पत्र

आइएमई र वाइकोबीच भएको सहकार्यमा धितोपत्र बोर्डको चासो, नेप्सेसँग माग्यो विवरण

नेप्सेको टीएमएसको एएमसी कसरी पुग्यो आइएमई ग्रुपको वाइको सोलुसनमा ?

वाइकोसँग मिलेर शेयर बजार कब्जा गर्ने योजनामा आइएमई ग्रुप

वाइकोले आईएमई समुहसँग सहकार्य गर्दा नेप्सेको तथ्याङ्कको गोपनियता जोखिममा

आइएमई समुहको वाइको सोलुसनलाई तत्काल भुक्तानी नगर्ने ब्रोकरहरुबीच सहमति

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।