धितोपत्र कारोबार विनियमावली स्वीकृत भएसँगै आइएमई र वाइकोको सहकार्यमा ‘ब्रेक’

0
Shares

नेपाल धितोपत्र बोर्डले सेयर कारोबार विनियमावली स्वीकृत गरेको छ । विनियमावली स्वीकृत भएसँगै आइएमई समुह र वाइको मिलेर धितोपत्र बजारका प्रविधिमा एकाधिकार जमाउने योजना असफल भएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से), धितोपत्र बजारका प्रविधि कारोबार व्यवस्थापन प्राणली, तथ्याङक प्रयोग लगायत विषयलाई समेटेर धितोपत्र कारोबार विनियमावली २०७५ लाई संसोधनको मस्यौदा धितोपत्र बोर्डमा पठाएको थियो । सो मस्यौदामा बोर्डले आवश्यक संशोधन गरेर स्वीकृत गरेको हो । विनियमावलीको परिच्छेद २ पछि २ ‘क’ थप गरेर धितोपत्र बजारमा प्रयोग हुने प्रविधिको सम्बन्धमा व्यवस्था गरेको हो ।

बोर्ड स्रोतका अनुसार धितोपत्र बजारको कारोबार व्यवस्थापन प्रणाली एक स्टक एक्सचेन्ज र १० वटा कारोबार सदस्यले प्रयोग गरिराखेकोलाई मात्र धितोपत्र दलाल कम्पनीले प्रयोग गर्न सक्ने व्यवस्था गरेको छ । हाल धितोपत्र दलाल कम्पनीले नेपाल स्टक एक्सचेन्ज(नेप्से)को कारोबार व्यवस्थापन प्रणाली प्रयोग गर्दे आएका छन् ।

नेप्सेको अनलाइन कारोबार प्रणालीको भेण्डर कम्पनी वाइको प्राली हो । हाल ब्रोकरले प्रयोग गर्दै आएको कारोबार व्यवस्थापन प्रणाली नेप्सेकै अनलाइन कारोबार प्रणाली कै एक हिस्सा हो । वाइकोले ब्यवसायीक समुहसंग मिलेर नयाँ कम्पनी वाइको सोलुसन र इसेयर स्थापना गरेर कारोबार व्यवस्थापन प्रणाली तथा ब्रोकर ब्याक अफिसको सेवा दिँदै आएको छ । नेप्सेको कारोबार प्रणाली, कारोबार व्यवस्थापन प्रणाली तथा धितोपत्र दलाल कम्पनीको ब्याक अफिसको मर्मत सम्भार लगायतका सेवा दिने कम्पनी आइएमई समुहसंग मिलेर बजारमा प्रयोग हुने प्रविधिमा एकाधिकार गर्ने प्रयासमा थिए ।

आइएमई समुहका अध्यक्ष नेपाल धितोपत्र बोर्डको सदस्य भएपछि धितोपत्र बजारलाई आफ्नो नियन्त्रणमा लिने प्रयास वाइकोलाई हातमा लिएर सुरु भएको थियो । धितोपत्र बोर्डले विनियमावली स्वीकृत गरेसंगै त्यो प्रयासले मुर्त रुप पाउने सम्भावना न्युन भएको हो ।

यसभन्दा अघि आइएमई समुह र वाइकोलाई मात्रै लक्षित गरेर सिएमएआई लेभल फाइभ प्रमाणीकरण हुनुपर्ने व्यवस्था मस्यौदामा गरिएको थियो । त्यसका साथै मस्यौदालाई दोस्रो संसोधन गरी आइएसओ ९००१ः२०१५ र आइएसओ २७००१ः२०१३ प्रमाणीकरण हुनुपर्ने व्यवस्था गरेको थियो । तर, बोर्डले स्वीकृत गर्दा यी सबै कुरालाई हटाएर एउटा स्टक एक्सचेन्ज र १० कारोबार सदस्यले प्रयोग गरेको कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) मात्र ब्रोकरले प्रयोग गर्न सक्ने व्यवस्था गरेको छ । यो व्यवस्थाले धितोपत्र दलाल कम्पनी एक वा संयुक्त रुपमा टीएमएस विकास गरेर प्रयोग गर्न सक्ने भएका छन् । तर तोकिएको उक्त मापदण्ड भने कायम गर्नुपर्ने हुन्छ ।

स्वीकृत विनियमावली अनुसार टीएमएस विकासकर्ता कम्पनीको चुक्ता पुँजी ७ करोड रुपैयाँ भएको हुनु पर्छ । अन्तराष्ट्रिय विकासकर्ता भएको खण्डमा नेपालमा रहेको स्थानिय प्रतिनिधिको हकमा २ करोड रुपैयाँ चुक्ता पुँजी भएको हुनुपर्ने व्यवस्था रहेको धितोपत्र बोर्डका एक अधिकारीले जानकारी दिए । “कारोबार व्यवस्थापन प्रणाली उपलब्ध गराउने उक्त कम्पनीको पछिल्लो तीन वर्षको औसत कारोबार रकम १० करोड रुपैयाँ हुनुपर्ने व्यवस्था छ,” ती अधिकारीले भने ।

अनलाइन कारोबार प्रणाली, कारोबार व्यवस्थापन प्रणाली तथा ब्रोकर ब्याक अफिसको भेण्डर कम्पनी, वर्षिक एमएमसी गर्ने संस्था तथा केन्द्रिय निक्षेप सेवाको प्रविधिक पक्ष हेर्ने पनि एउटै संस्था हुन नहुने व्यवस्था गरिएको ती अधिकारीको भनाई छ । यसो हुँदा धितोपत्र बजारको सूचना तथा तथ्याङक कुनै एक कम्पनीमा केन्द्रित नहुने गरी विनियमावली स्वीकृत गरीएको बताउँदै ती अधिकारीले भने,“धितोपत्र बजारमा प्रयोग हुने प्रविधीको सेवा प्रदाय संस्था एउटै हुँदा स्वार्थ बाझिने तथा सूचना तथा तथ्याङकको गलत प्रयोग हुने जोखिम हुने भएकोले त्यस्तो व्यवस्था गरिहेको हो ।”

धितोपत्र बोर्डका उप कार्याकारी निर्देशक कृष्णराज पोख्रेलले धितोपत्र कारोबार व्यवस्थापन प्रणालीको सन्दर्भमा विनियमावलीमा नै व्यवस्था गर्ने गरी काम अघि बढाएका हुन् । उनी नेप्सेका पुर्व कर्मचारी समेत भएकाले पनि टीएमएसको विषयमा पोख्रेलले सुरुदेखि नै पहल लिएका थिए । विनियमावली बोर्डले स्वीकृत गर्नु अघि पनि पोख्रेल नै संयोजक भएको कानुन प्रवलिकरण समितिले स्वीकृत गरेको थियो ।

त्यसैगरी विनियमावलीमा कारोबार व्यवस्थापन प्रणाली प्रयोग गर्दा लाग्ने शुल्क समेत तोकिएको छ । विनियमावलीले नेप्सेको टीएमएस प्रयोग गर्ने ब्रोकरका लागि ५० हजार र अन्य कम्पनीको प्रयोग गर्दा एक लाख शुल्क लाग्ने व्यवस्था गरेको छ । त्यसैगरी मासिक शुल्कमा नेप्सेको टीएमएस प्रयोग गर्दा मासिक १० हजार अन्य कम्पनीले २५ हजारसम्म शुल्क लिन पाउने व्यवस्था विनियमावलीले गरेको छ ।

वाइको र आइएमई समुहलाई बचाउ गर्दै नेप्सेको जवाफ धितोपत्र बोर्डमा

आइएमईको सेयर बजार कब्जा रणनीतिमा नेप्सेको मौन स्वीकृति, वाइको कै जवाफ बोर्डमा पठाउँदै

चन्द्र ढकालको सेयर बजार सञ्जाल, धितोपत्र किनबेचदेखि नीति निर्माण तहसम्मको उपस्थिति कति ठीक ?

ब्रोकर ब्याक अफिस ‘बोस’ पनि आइएमई समुहको कब्जामा, टिएमएसमा इन्टिग्रेट गर्दा कारोबार अबरुद्ध

आइएमई र वाइकोबीचको सहकार्यमा नेप्से मौन, धितोपत्र बोर्डको दोस्रो पत्र

आइएमई र वाइकोबीच भएको सहकार्यमा धितोपत्र बोर्डको चासो, नेप्सेसँग माग्यो विवरण

नेप्सेको टीएमएसको एएमसी कसरी पुग्यो आइएमई ग्रुपको वाइको सोलुसनमा ?

वाइकोसँग मिलेर शेयर बजार कब्जा गर्ने योजनामा आइएमई ग्रुप

वाइकोले आईएमई समुहसँग सहकार्य गर्दा नेप्सेको तथ्याङ्कको गोपनियता जोखिममा

आइएमई समुहको वाइको सोलुसनलाई तत्काल भुक्तानी नगर्ने ब्रोकरहरुबीच सहमती

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।