आरविवि मर्चेन्ट बैंकिङ्गकाे १३.१६% लाभांश प्रस्ताव

0
Shares

आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले चुक्ता पुँजीको १३.१६ प्रतिशत (कर सहित) लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

मर्चेन्ट बैंकिङ्गको सञ्चालक समितिको असोज २ गते बसेको बैठकले गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट हाल कायम चुक्ता पुँजीको १३.१६ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

साथै सोही बैठकले लाभांश पारित गर्न असोज २९ गते सोमबार आठौं वार्षिक साधारण सभा समेत आह्वान गर्ने निर्णय गरेको छ । राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालय सिंहदरबार प्लाजा काठमाडौंमा साँझ ४ बजे सभा बोलाइएको छ ।

कम्पनीको सभाले आर्थिक वर्ष २०७९–८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्ने तथा चालु आर्थिक वर्ष २०८०–८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण समेत गर्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।