सिटिजन लाइफको सेयर सूचीकृत, आइतबारदेखि कारोबार खुल्ने

0
Shares

सिटिजन लाइफ इन्स्याोरेन्सको धितोपत्र बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्सेमा) सुचीकृत भएको छ । कम्पनीको चुक्ता मुल्य १ सय रुपैयाँ कामय भएको ३ करोड ७५ लाख कित्ता सेयर सुचीकृत भएको हो ।

नेप्सेको असोज ९ गतेको निर्णयानुसार धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम इन्स्इोरेन्सुको सेयर स्टक एक्सचेञ्ज लिमिटेडमा सूचीकरण गरिएको हो ।

कम्पनीले जारी पुँजीको ३० प्रतिशत सर्वसाधारण लगानीकर्ता (वैदेशिक रोजगारीमा रहेका नेपाली, सामुहिक लगानी कोष र कर्मचारी) समेतमा वितरण गरिएको १ करोड १२ लाख कित्ता सेयर तथा जारी पुँजीको ७० प्रतिशत बराबरको २ करोड ६२ लाख ५० हजार कित्ता सेयर कम्पनीका संस्थापक सेयरधनीहरुको लगानी गरेको सहित कुल ३ करोड ७५ लाख कित्ता सुचीकृत भएको हो ।

कम्पनीको सेयर सिएलआर्ई सिम्बोलमा नेप्सेमा सुचीकृत भएको हो । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड र सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच असोज १० गते धितोपत्र सूचीकरण सम्झौता सम्पन्न भएको छ । बुधबार सेयर सूचीकृत भएसँगै कम्पनीको सेयर आइतबारदेखि धितोपत्रको दोस्रो बजारमा कारोबार खुला हुनेछ । नेप्सेमा सेयर सूचीकृत भएको दोस्रो कारोबार दिनदेखि कारोबार खुल्ने व्यवस्था छ । इन्द्रजात्रा पर्वको अवसरमा सरकारले उपत्यकामा सार्वजनिक विदा दिएसँगै भोलि बिहीबार सेयर बजार बन्द रहनेछ ।यससँगै सेयर बजार आइतबार मात्रै खुल्नेछ ।

कम्पनीको धितोपत्रको दोस्रो बजारमा कारोबारका लागि नेप्सेले न्युनतम प्रतिकित्ता १७२ रुपैयाँ ४३ पैसा देखि अधिकतम ५१७ रुपैयाँ २९ पैसा सम्मको रेञ्ज तोकेको छ। नेप्सेले तोकेको कारोबार रेञ्जभित्रको जुनसुकै मूल्यमा कम्पनीको पहिलो कारोबार हुन सक्नेछ । नेप्सेले कम्पनीको कारोबारको लागि वास्तविक किताबी मूल्य देखि किताबी मूल्यको तीन गुणासम्म रेञ्ज तोक्ने गरेको छ ।

काठमाडौंको थापाथली प्रधान कार्यालय रहेको सिटिजन लाइफ इन्स्योरेन्सको सूचीकरण पश्चात् दिनुपर्ने आरटिएस सेवा एनआईएमबि एस क्यापिटल लिमिटेड लाजिम्पाट काठमाडौंबाट हुने कम्पनीले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।