सानिमा बैंकको ल्यायो ‘नयाँ वर्षमा डबल सौगात’ अफर

0
Shares

सानिमा बैंकले नयाँ वर्ष इ.सं २०२० को उपलक्ष्यमा आफ्ना ग्राहकहरुलाई विशेष योजना स्वरुप विभिन्न छुट प्रदान गर्ने भएको छ।

बैंकले आफ्ना नयॉ तथा पुराना ग्राहकहरुलाई लक्षित गर्दै तीन दिनको लागि आफ्ना डेबिट कार्ड र मोबाइल बैंकिङ लगायतका डिजिटल बैंकिङ सेवाहरुमा जारी शुल्क नलाग्ने व्यवस्था गरेको छ ।

साथै, ग्राहकहरुले दुवै सुविधा एकैसाथ उपभोग गर्दा एक सय रुपैयाँको नेपाल टेलिकम वा एनसेलको टपअप पाउनेछन् ।
यस योजना ३१ डिसेम्बर २०१९ देखि २ जनवरी २०२० (पौष १५ देखि १७, २०७६) सम्मका लागि लागू गरिएको बैंकले जनाएको छ ।