एनआईबिएल प्रगति फन्डको प्रतिफल वितरण

0
Shares

एनआईबिएल प्रगति फन्डले इकाईधनीहरुलाई प्रतिफल वितरण गरेको छ । एनआईबिएल म्युचुअल फन्ड अन्तर्गत सञ्चालित फन्डले असोज १२ गतेदेखि इकाईधनीहरुलाई प्रतिफल वितरण गरेको जनाएको हो ।

हितग्राही खातामा बैंक खाता अध्यावधिक भएका इकाईधनीहरुको बैंक खातामा प्रस्तावित नगद लाभांश कर कट्टा गरी जम्मा गरिएको हो । हालसम्म हितग्राही खातामा बैंक खाता अध्यावधिक नगराएका इकाईधनीहरुलाई फन्डले यथासिघ्र अध्यावधिक गराउन आग्रह गरेको छ ।
गत आर्थिक वर्ष २०७९।८० बाट फन्डले कर सहित ६.८ प्रतिशतका दरले प्रतिफल वितरण गरेको छ ।

प्रतिफल वितरण प्रयोजनार्थ फन्डले असोज २ गते एक दिन बुकक्लोज गरेको थियो । बुकक्लोज अनुसार असोज १ गते सोमबारसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले मात्र प्रतिफल पाएका छन् ।

एनआईबिएल प्रगति फन्डको योजना व्यवस्थापक एनआईएमबि एस क्यापिटल लिमिटेड र कोष प्रबद्र्धक नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।