सनराइज बैंकका ग्राहकलाई होटल सांग्रीलामा विशेष छुट

0
Shares

सनराइज बैंकले आफ्ना ग्राहकहरुको सहजता तथा सुविधालाई मध्यनजर गर्दै अस्पताल, रेष्टुरेन्ट तथा विभिन्न क्षेत्रमा विशेष छुट सहितका सुविधा दिदैं आएको छ ।

त्यसै क्रममा बैंकले होटल क्षेत्रमा समेत विभिन्न छुट दिने उदेश्यले होटल सांग्रीलासंग सम्झौता गरेको छ । सनराइज बैंक लिमिटेड तथा होटल सांग्रीला बीच बैंकका ग्राहकहरुलाई होटल संग्रीलाको विभिन्न सेवा तथा सुविधा प्रयोग गर्दा विशेष छुट प्रदान गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता अनुसार बैंकका ग्राहकहरुले फुड, वभेरेज, बेकरी, साउना तथा स्वीमिङ जस्ता सुविधाको भुक्तानी गर्दा सनराइज बैंकको के्र्रडिट तथा डेविट कार्ड देखाएर वा कार्ड मार्फत भुक्तानी गरेर १५% सम्मको छुट लिन सक्नेछन्।

यो सुविधा यस बैंकका ग्राहकहरुले मिती पौष १५, २०७७ सम्म उपयोग गर्न सक्ने छन् ।