एनआईसी एशिया लघुवित्तको लाभांश घोषणा

0
Shares

एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ ।

कात्तिक १ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९–८० को मुनाफाबाट कर सहित १५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

अघिल्लो आर्थिक वर्षको मुनाफाबाट लघुवित्तले सेयरधनीलाई चुक्ता पुँजीको १४.७५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । 

आर्थिक वर्ष २०७९–८० को मुनाफाबाट प्रस्तावित उक्त लाभांश नियामक नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई लघुवित्तको आगामी वार्षिक साधारण सभाबाट पारित गरेपछिमात्र लाभांश प्राप्त गर्नेछन् ।

एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिको १८८ औं बैठकले आव २०७९–८० को सञ्चित मुनाफाबाट चुक्ता पुँजी १ अर्ब ७३ करोड ९४ लाख ४० हजार रुपैयाँको १५ प्रतिशत अर्थात कर प्रयोजन सहित २६ करोड ९ लाख १६ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने निर्णय गरेको कम्पनी सचिव किरण पौडेलले जानकारी दिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।