एभरेष्ट बैंकका अध्यक्ष श्रेष्ठको निधनले बैंकिङ क्षेत्रमा अपुरणीय क्षति

0
Shares

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले एभरेष्ट बैंक लिमिटेडका अध्यक्ष विष्णुकृष्ण (बिके) श्रेष्ठको निधनले नेपालको बैंकिङ क्षेत्रमा अपुरणीय क्षति पुगेको जनाएको छ ।

श्रेष्ठको ९४ वर्षको उमेरमा कात्तिक ६ गते सोमबार मेडिसिटी अस्पतालमा उपचारको क्रममो निधन भएको थियो ।  नेपालको बैंकिङ क्षेत्रका अग्रज व्यक्तित्व एवं प्रतिष्ठित एभरेष्ट बैंकका संस्थापक एवं अध्यक्ष श्रेष्ठको निधनले कुशल नेतृत्व क्षमता, नविन एवं दुरदर्शी सोचहरुलाई नेपालको बैंकिङ क्षेत्रमा लागू गर्दै व्यक्तिको अभाव खड्किएको सिबिफिनले जनाएको छ ।

विज्ञप्तीमा श्रेष्ठको निरन्तरको योगदानबाट एभरेष्ट बैंक दिगो, अब्बल र विश्वासिलो बैंकको रुपमा स्थापित र सफल भएको उल्लेख छ । भारतीय पञ्जाव नेशनल बैंकलाई ज्वाइन भेञ्चरकाे रुपमा नेपालमा प्रथमपटक सफलपूर्वक भित्र्याएका श्रेष्ठको पहलले बैंकलाई थप उचाई समेत प्रदान गरेको थियो ।

विज्ञप्तीमा भनिएको छ, “नेपालको बैंकिङ क्षेत्रमा उहाँले पु¥याउनुभएका अमूल्य योगदानहरुप्रति हामी खुला हृदयले उच्च सम्मान व्यक्त गर्दछौं । उहाँका युगान्तकारी कर्म र पहलहरु नेपालको बैंकिङ इतिहासमा स्वर्णिम अक्षरमा दर्ज हुनेमा हामी पूर्ण विश्वस्त छौं ।”

जीवनको अन्तिम समयसम्म पनि गुणस्तरीय, विश्वासिलो र सर्वसुलभ बैंकिङ सेवाको विकास एवं विस्तारमा क्रियाशिल रहेका श्रेष्ठका उदाहरणीय कार्यहरु सबैका लागि उत्प्रेरणा र ऊर्जाको स्रोत बनिरहने सिबिफिनको विश्वास छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।