कामना सेवा विकास बैंकले लाभांश नदिने

0
Shares

कामना सेवा विकास बैंकले गत आर्थिक वर्ष २०७९–८० बाट सेयरधनीलाई कुनैपनि लाभांश वितरण नगर्ने भएको छ ।

बैंक सञ्चालक समितिको कार्तिक २१ गते मंगलबार दिउँसो ३ः३० बजे बसेको ३६३ औं बैठकले आ.व. २०७९–८० को अन्त्यमा कायम रहेको वितरणयोग्य मुनाफा सन्चित गर्ने र लाभांश वितरण नगर्ने प्रस्ताव सहित उक्त वित्तीय विवरणहरु अन्तिम स्वीकृतिको लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय गरेको कम्पनी सचिव दिनेश थकालीले जानकारी दिए ।

बैठकले बैंकको २०८० असार मसान्तको बासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु माथि छलफल गरी स्वीकृत गरेको छ । साथै सोही बैठकले नियामक निकायबाट कुनै संशोधन, सुझाव तथा निर्देशन प्राप्त भएमा सो समेत समावेश गरि आगामी वार्षिक साधारण सभामा स्वीकृतीका लागि पेश गर्ने निर्णय गरेको छ ।

बैंकले अघिल्लो आर्थिक वर्ष २०७८–७९ बाट भने सेयरधनीलाई ४.४१ प्रतिशत बोनस र कर प्रयाेजनका लागि ०.२३२१ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

यस्तो छ बैंकको लाभांश इतिहास:-

S.N. Fiscal Year Bonus Dividend(%) Cash Dividend(%) Total Dividend(%)
1 2078/2079 4.41 0.23 4.64
2 2077/2078 18.50 0.97 19.47
3 2076/2077 4.40 0.23 4.63
4 2075/2076 0.00 6.80 6.80
5 2074/2075 1.50 8.00 9.50
6 2073/2074 5.50 6.50 12.00

 

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।