कुमारी बैंकको सीइओमा रामचन्द्र खनाल नियुक्त

0
Shares

कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृतमा रामचन्द्र खनाल नियुक्त भएका छन् । निर्वतमान सीइओ रमेशराज अर्यालले स्वास्थ्य समस्या देखाउँदै राजीनामा दिएपछि बैंकको सञ्चालक समितिले खनाललाई नियुक्त गरेको हो ।

यस अघि रामचन्द्र खनालले बैंकको डेपुटी सीइओ पदमा रही काम गर्दै आएका थिए । अर्यालले राजीनामा दिएपछि सञ्चालक समितिले चार वर्षका लागि खनाललाई सीइओ पदमा नियुक्त गरेको छ ।

रमेशराज अर्यालको स्वास्थ्यमा समस्या देखिँदै गएपछि उनी आराम गरिरहेका थिए । जसकारण कुमारी बैंकमा सीइओको पद लामो समयदेखि रिक्त थियो र खनालले नै कामु सीइओका रुपमा काम गर्दै आएका थिए ।

यसरी अर्यालले राजीनामा दिएपछि लामो समयसम्म रिक्त रहेको सीइओ पदमा सञ्चालक समितिले रामचन्द्र खनाललाई नियुक्त गरेको हो । लामो समयदेखि बैंकिङ क्षेत्रमा काम गर्दै आएका रामचन्द्र खनाल चार्टड अकाउन्टेन्ट हुन् ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।