राष्ट्र बैंकले १८ अर्ब ५० करोडको ट्रेजरी नविकरण गर्ने

0
Shares

नेपाल राष्ट्र बैंकले आगामी सोमबार १८ अर्ब ५० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । केन्द्रीय बैंकले उक्त रकम बराबरको ट्रेजरी नवीकरण गर्न लागेको हो ।

केन्द्रीय बैंकले आगामी मंसिर १२ गते जारी गर्ने गरी २८ दिने, १८२ दिने र ३६५ दिने गरी तीन प्रकारमा कुल १८ अर्ब ५० करोड रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्न लागेको हो ।

आइतबार सार्वजनिक सूचनाअनुसार २८ दिने ट्रेजरीका लागि ५ अर्ब रुपैयाँ, १८२ दिनेका लागि ६ अर्ब रुपैयाँ र ३६५ दिनका लागि ७ अर्ब ५० करोड रुपैयाँ नवीकरण गर्न लागेको राष्ट्र बैंकले जनाएको छ । इच्छुक बैंक तथा वित्तीय संस्थाले ट्रेजरी बिल खरिदका लागि मंसिर ११ गते सोमबार दिउँसो २ बजेसम्म आवेदन दिन सक्नेछन् ।

ट्रेजरी बिक्री भने मंसिर १२ गते मंगलबार हुनेछ । यसअघि केन्द्रीय बैंकले मंसिर ४ गते पनि २३ अर्ब २३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।