निक्षेप संकलनको ब्याज अन्तर बैंक दर भन्दा पनि तल, कहिले पुग्छ करिडोरको तल्लो सीमा ?

0
Shares

नेपाल राष्ट्र बैंकले मंगलबार संकलन गरेको निक्षेपको ब्याजदर अन्तर बैंक दर भन्दा तल झरेको छ । वित्तीय प्रणालीमा अधिक तरलता भएसंगै निक्षेप संकलनको ब्याजदर पनि घटेको हो ।

चालु आर्थिक वर्षको मौद्रिक नीति अनुसार केन्द्रीय बैंकले निक्षेप संकलन दर ४.५ प्रतिशत तोकेको छ । निक्षेप संकलन दर ब्याजदर करिडोर अन्तर्गतको तल्लो सीमा पनि हो, अन्तर बैंक दर निक्षेप संकलन दरभन्दा तल आएको खण्डमा निक्षेप संकलन उपकर जारी गर्नुपर्ने व्यवस्था छ । तर, केन्द्रीय बैंकले उक्त व्यवस्था अनुसार प्रभावकारी रुपमा निक्षेप संकलन उपकरणको प्रयोग गरेको छैन ।

सरकारी पैसालाई निक्षेपमा गणना गर्न दिने निर्णयको कारण तरलता धेरै भएको भन्दै केन्द्रीय बैंकले अन्तर बैंक दर निक्षेप संकलन दर भन्दा तल आउँदा पनि निक्षेप संकलन उपकरण जारी गरेन । बजारको तरलता व्यवस्थापनका लागि केन्द्रीय बैंकले ट्रेजरी बिल्सलाई प्रयोग गर्दै आयो । तर, पछिल्लो समयमा अधिक तरलता व्यवस्थापन नभएपछि केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्न थालेको हो ।

केन्द्रीय बैंकले मंसिर ६ गते १० अर्ब बरावरको सात दिने अवधिको निक्षेप संकलन गरेको थियो । त्यसपछि पुन मंगलबार केन्द्रीय बैंकले सोही रकम बरावरको निक्षेप संकलन गरेको छ । तर, मंसिर ६ गतेको भन्दा मंगलबारको निक्षेप संकलनको ब्याजदर घटेको छ । मंसिर ६ गते १.९६५७ कायम भएको औसत ब्याजदर मंगलबार घटेर १.१४४५ प्रतिशतमा झरेको छ । निक्षेप संकलनको ब्याजदर करिडोरको तल्लो सीमा ४.५ प्रतिशत पु्रयाउन ठुलो मात्रामा निक्षेप संकलन जारी गर्नुपर्ने अवस्था छ । केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण बढाएको खण्डमा आन्तरिक ऋणको लागत बढ्ने तथा ब्याजदर पनि घट्न समयमा लाग्ने भन्दै मौद्रीक नीतिको व्यवस्था अनुसार निक्षेप संकलन नगरेको हो । मंगलबार वित्तीय प्रणालीमा करिब ५० अर्ब अधिक तरलता रहेको छ ।

मंगलबारको निक्षेप संकलन उपकरणको ब्याज अन्तर बैंक दर भन्दा थोरै हो । केन्द्रीय बंकका अनुसार बैंकिङ प्रणालीको पछिल्लो अन्तर बैंक दर १.९४ प्रीतशत कायम भएको छ । निक्षेप संकलन दर भन्दा तल अन्तर बैंक ब्याजदर आएको खण्डमा जारी हुने निक्षेप संकलन उपकरणको ब्याजदर नै अन्तर बैंकदर भन्दा तल पुगेको हो ।

मंगलबारको निक्षेप संकलनका लागि १३ सहभागिले ५५ वटा बोल आवेदन मार्फत ३९ अर्बको माग गरेका थिए । वित्तीय प्रणालीमा अधिक तरलता भएपछि बैंक तथा वित्तीय संस्थाले निक्षेप संकलन उपकरणका लागि अधिक माग गरेको हुन । बैंक वित्तीय संस्थाको अधिक मागका कारण औसत रेट पनि एक प्रतिशतको हाराहारीमा झरेको हो । मंगलबार निक्षेप संकलन उपकरणको उच्च रेट १.२४०० र न्यून १.१००० प्रतिशत माग गरेका थिए

मंगलबार निष्कासन भएको निक्षेप संकलनको आकार सानो भएकाले धेरै प्रतिस्पर्धा भई ब्याजदर झनै घटेको केन्द्रीय बैंकका एक अधिकारीले बताए । निक्षेप संकल उपकरण अहिले निक्षेप संकलनको रेट थोरै भएपनि तरलता कम भएसंगै बढ्ने ती अधिकारीको भनाई छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।