नेपाल एसबिआई बैंक द्वारा चौदण्डीगढी नगरपालिकामा सामाजिक उत्तरदायित्व कार्यक्रम


काठमाडौँ । नेपाल एसबिआई बैंक लि. द्वारा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकाको सुरक्षा व्यवस्था अभिबृद्घि गर्ने उद्देश्यले सिसिटीभी हस्तान्तरण गरेको छ ।

बैंकका कोशी प्रदेश प्रमुख, रबिन घिमिरेले नगरपालिकाका उप–मेयर, मनिका देवी दुलालाइ एक कार्यक्रमका बिच उक्त सामाग्रीहरु हस्तान्तरण गरेका थिए । सो कार्यक्रममा बैंक तथा नगरपालिकाका अन्य उच्च पदाधिकारी समेतको उपस्थिति रहेको थियो । बैंकले समुदाय स्तरमा यस किसिमको कार्यक्रम समय समयमा गर्दै आइरहेको छ ।

नेपाल एसबिआई बैंक ले बिगत ३१ वर्ष देखि बैकिङ सेवा प्रदान गर्दै आईरहेकोे छ । हाल बैंकका १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, १९ शाखा रहीत बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२५ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।

प्रकाशित मिति: ६ असार २०८२, शुक्रबार  १७ : ३९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।