सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको उपाधिएमेच्योर राहुललाई, भुवन दुइ स्ट्रोकले पराजित


काठमाडौँ । एमेच्योर गल्फर राहुल विश्वकर्मालेसूर्य नेपाल गल्फ टुर २०२४(२५ को अन्तिम प्रतियोगिता सूर्यनेपालप्रिमियर गल्फ च्याम्पियनसिपको उपाधि जितेका छन्। समग्रमा २१ अन्डर २ सय ६७ को स्कोरमा नेपाल नम्बरएक प्रोफेसनलगल्फर भुवन नगरकोटीलाई २ स्ट्रोकले हराउँदै करियरकै उपाधि जितेका हुन्। राहुलले आज ५–अन्डर ६७ को स्कोर गरे।

राहुलले यो सिजनको दोस्रो उपाधि जिते। यसअघि उनलेसिजनको पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपनजितेका थिए।

समग्रमा १९–अन्डर २६९ को स्कोरमा भुवन नगरकोटी दोस्रो भए। उनले आज ८–अन्डर ६४ को स्कोर गरे। प्रोतर्फ पहिलो भएका उनले नगद ३ लाख प्राप्त गरे। एमेच्योरसदभाव आचार्य समग्रमा १८–अन्डर २७० को स्कोरमा तेस्रो भए। उनलेआज ५–अन्डर ६७ को स्कोर बनाए। उनी एमेच्योरतर्फ दोस्रो भए।

साबिक विजेता सुबाश तामाङ समग्रमा १५–अन्डर २७३ सहित चौथो भए। उनले आज इभन–पार ७२ स्कोर गरे। प्रोतर्फ उनी दोस्रो हुँदा नगद १ लाख ८५ हजार प्राप्त गरे। भुटानका एमेच्योर निम दोर्जी तामाङ समग्रमा १४–अन्डर २७४ सहितपाँचौं स्थानमा रहे। उनले आज ६–अन्डर ६६को उत्कृष्ट स्कोर गरे। एमेच्योरतर्फ उनी तेस्रो भए।

धरानका प्रो निरज तामाङले आज १–ओभर ७३ स्कोर गरे। समग्रमा १०–अन्डर २७८ सहित छैटौं भए। प्रो तर्फ तेस्रो भएका उनले १ लाख २५ हजार नगद हात पारे। उनी आगामी सिजनको नम्बर एक खेलाडी बनेका छन्। उनले यो सिजनतीन उपाधिसहित सर्वाधिक ८ लाख ६७ हजार ५ सय नगदपुरस्कार प्राप्त गर्दै अर्डर अफ मेरिटमा पहिलो भए।

दिनेश प्रजापति समग्रमा ९–अन्डर २७९ को स्कोरमा सातौं भए। उनले आज २–अन्डर ७० स्कोर गरे। प्रो तर्फ चौथो हुँदैनगद १ लाख ५ हजार प्राप्त गरे। शुक्र बहादुर राईसमग्रमा ८–अन्डर २८० सहित आठौं भए। आज ५–अन्डर ६७ स्कोर गरे। प्रो तर्फ पाँचौं भएका उनले नगद ९२ हजार हात पारे।

समग्रमा ३–अन्डर २८५ को स्कोरमा प्रो सञ्जय लामा रएमेच्योर वाङ्चेन ढोन्डुपले संयुक्त रुपमा नवौं स्थान बाँडे। सञ्जयले इभन–पार ७२ र वाङ्चेनले २–अन्डर ७० मा आजको खेल सकाए। प्रो तर्फ छैटौं भएका सञ्जयले ८४ हजार प्राप्त गरे। यस्तै रविखड्का, धन बहादुर थापा, जयराम श्रेष्ठ र तोरण विक्रम शाही प्रो तर्फ उत्कृष्ट दशमा रहे।

तेस्रो दिनका लिडर राहुलले आज फ्रन्ट नाईनमा बोगी रहित५–अन्डर ३१ स्कोर गरे। उनले पहिलो, तेस्रो, छैटौं, सातौं रनवौंहोलमा बर्डी प्रहार गरे। ११ औं र १२औं होलमा पनिएक–एक सट बचाउँदा २३–अन्डरमा स्कोर पुर्याइ सकेका थिए। तर ४–पारको १४ औं होलमा डबल बोगी खेप्दा ब्याकनाइन इभन–पार ३६ मा सकाए।

भुवन नगरकोटीले तेस्रो होलमा इगलको सफलता प्राप्त गरे। चौथो, सातौं र नवौं होलमा बर्डी प्रहार गर्दे फ्रन्ट नाइन५–अन्डर ३१ मा सकाए। यसपछि ११औं, १२औं, १५औं र१७औं होलमा एक–एक सट बचाए। १४ औं होलको बोगीलेब्याक नाइन ३–अन्डर ३३ मा पुरा गरे।

सदभावले फ्रन्ट नाइनमा इभन–पार ३६ खेले। तेस्रो होलमाडबल बोगी खेपे। छैटौं, सातौं र नवौं होलमा बर्डी प्रहार गर्दाआठौंहोलमा एक सट खेर फाले। यसपछि १२औं‌ होलमाइगलको सफलता प्राप्त गर्दा ११औं, १४औं र १५औं होलकोबर्डीले ब्याकनाइन ५–अन्डर‌ ३१ मा सकाए।
बिजयी खेलाडीहरूलाई सूर्य नेपाल प्रालिका प्रबन्ध निर्देशकरवि कुमार रायवरम र नेपाल प्रोफेसनल गल्फर्सएसोसिएसन (एनपिजिए) का अध्यक्ष रवीन्द्रमान श्रेष्ठले पुरस्कार वितरण गरे।

एनपिजिएद्वारा आयोजित चार दिने प्रतियोगितामाहालसम्मकै सर्वाधिक १६ लाख नगद पुरस्कार राशी रहेको थियो। जहाँ ३७ प्रोर १८ एमेच्योर गरी कुल ५५ गल्फरले सहभागीता जनाएका थिए।

अब शनिबार प्रो(एम प्रतियोगिता हुनेछ। जहाँ ३० प्रोफेसनलर १२० जना कर्पोरेटस्तरका एमेच्योरखेलाडीले भाग लिनेछन्।

प्रकाशित मिति: ६ असार २०८२, शुक्रबार  १७ : ४६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।