टिकटक बन्द नगरे ५५ इन्टरनेट सेवा प्रदायकको लाइसेन्स खारेज गर्ने


नेपाल दूरसंचार प्राधिकरणले बुधबार भित्र टिकटक बन्द गरेको जानकारी नदिए ५५ वटा इन्टरनेट सेवा प्रदायकहरुको लाइसेन्स खारेज गर्ने चेतावनी दिएको छ ।

सरकारले कात्तिक २७ गते सामाजिक सद्भावमा नकारात्मक असर परेको भन्दै टिकटकलाई तत्काल बन्द गर्ने निर्णय गरेको थियो। बन्द गर्ने निर्णयसँगै नियामक प्राधिकरणले टिकटक बन्द गरे नगरेको जानकारी गराउन सबै इन्टरनेट र मोबाइल सेवा प्रदायकहरुलाई निर्देशन दिएको थियो ।

तर, हालसम्म विभिन्न ५५ वटा सेवा प्रदायकहरुले टिकटक बन्द गरेको छ वा छैन भन्ने बारे जानकारी नपाएकाले बुधबार भित्र गराउन निर्देशन दिएको हो ।

५५ इन्टरनेट सेवा प्रदायकहरुको सूची

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।