गभर्नर अधिकारीले भने : कर्जा लिएपछि तिर्नुपर्छ, अहिले सकिएन भन्न पाँइदैन


नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कर्जा लिने समयमा नै आफ्नो क्षमता हेर्न आग्रह गरेका छन् ।

नेपाल आर्थिक पत्रकार समाज सेजनको वार्षिकोत्समा वोल्दै गभर्नर अधिकारीले व्यवसायीले आफ्नो क्षमता अनुसार मात्रै कर्जा लिनुपर्ने बताएका छन् ।

पछिल्लो समय बैंकको कर्जा असुलीमा समस्या आइरहेको अवस्थामा गभर्नर अधिकारीले व्यवसायीलाई समयमा नै कर्जा तिर्न आग्रह गरेका हुन् । ‘कर्जा लिएपछि तिर्नुपर्छ । अहिले सकिएन भन्न पाँइदैन,’ उनले भने । गभर्नर अधिकारीले बैंकले बढी ब्याज लिएको भए राष्ट्र बैंकमा गुनासो गर्न समेत भनेका छन् ।

गत वर्ष मात्रै बैंकहरुले लिएको बढी ब्याज फिर्ता गराएको बताउँदै कुनै पनि बैंकले बढी ब्याज लिएको भए केन्द्रीय बैंकले फिर्ता गराउने उनले बताए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।