ज्योति विकास बैंकको सीईओमा कपिल ढकाल नियुक्त

0
Shares

ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कपिल ढकाल नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको मंसिर २० गते बसेको बैठकले ढकाललाई (सीईओ नियुक्त गरेको हो ।

ढकाल चार वर्षको लागि सीईओ पदमा नियुक्त भएका हुन् । यसअघि बैंकको मंसिर ३ गते आइतबार बसेको सञ्चालक समितिको बैठकले ढकाललाई कायम मुकायम सीईओको जिम्मेवारी तोकेको थियो ।

ढकाल यसअघि ज्योति विकास बैंकको बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा थिए । ढकालले नुवाकोटमा स्थापना भएको तत्कालिन हाम्रो विकास बैंकको प्रमुख कार्यकारी अधिकृत रहेर काम गरिसकेका छन् । हाम्रो विकास बैंक ज्योति विकास बैंकमा मर्ज भएको थियो । प्रोफेसनल चार्टर्ड एकाउन्टेन्ट ढकालसँग डिलोइट इन्डिया, आईसीआईसीआई बैंक इन्डिया र एनआईसी एसिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्य गरेको अनुभव छ ।

ढकालसँग बैंकिङ क्षेत्रको उच्च व्यवस्थापन तहमा १५ वर्षभन्दा बढीको अनुभव छ । साथै, उनले एनआईसी एसिया क्यापिटल लिमिटेड तथा एनआईसी एसिया लघुवित्त वित्तीय संस्थामा समेत अध्यक्षको रूपमा काम गरिसकेका छन् ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।