नागरिक स्टक डिलर कम्पनी लिमिटेडले आगामी पुस २० गते चौथो वार्षिक साधारण सभा आह्वान गरेको छ ।
मङ्सिर १८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले नागरिक लगानी कोष भवन, नयाँ बानेश्वर , काठमाडौंमा अपरान्ह ३ बजे सभा बोलाएको हो । सभाले सभाले कम्पनीको प्रबन्धपत्रको दफा ४ र ५ मा आवश्यक संसेधन गर्ने र संसोधन उपर नियमनकारी निकायबाट कुनै संसोधन वा फेरबदल गर्न कुनै निर्देशन आएमा सो अनुसार गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ ।
यसैगरी सभाले गत आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।
कम्पनीको सभाले गत असार २७ गतेको सञ्चालक समितिको बैठकले रित्त सञ्चालकको पदमा नियुक्त गरिएको सञ्चालकको अनुमोदन पनि सभाले गर्नेछ । साथै कम्पनीको प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव रहेकाले संशोधनका लागि आवश्यक सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि सभामा रहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया