नेपाल लघुवित्त बैंङ्कर्स संघले आह्वान गर्‍यो साधारण सभा, नयाँ कार्यसमिति चयन गर्ने

0
Shares

लघुवित्त कम्पनीहरुको प्रुमख कार्यकारी अधिकृतहरुको छाता संगठन नेपाल लघुवित्त बैंङ्कर्स संघले १७ औं वार्षिक साधारण सभा डोकेको छ ।
कम्पनीले आगामी पुस ६ गते द एभरेष्ट होटल काठमाडौंमा १७ औं वार्षिक साधारण सभा आह्वान गरेको हो । सभा बिहान ११ बजे सुरु हुने संघले जनाएको छ ।

उक्त सभाले नयाँ कार्यसमितिको निर्वाचन गर्नेछ । हाल संघका कार्यकारी अध्यक्षमा नेशनल माइक्रोफाइनान्सका सीईओ रामबहादुर यादव छन् । पन्ध्रौं साधारणबाट संघका अध्यक्ष नियुक्त लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडका सीईओ प्रकाशराज शर्माको लघुवित्तमा कार्यावधि सकिएपछि संघको कामु अध्यक्ष यादवले पाएका हुन् ।

यस्तै कोषध्यक्षमा उन्नति सहकार्य लघुिवत्त वित्तीय संस्थाका प्रेम बहादुर पाठक, सचिवमा सबैको लघुवित्त वित्तीय संस्थाका केशव कुमार पौडेल छन् । सदस्यहरुमा जालपा सामुदायिक लघुवित्त वित्तीय संस्थाको विमला योगी, महुली लघुवित्त वित्तीय संस्थाका गंगाघर पाण्डे, इन्फिनिटी लघुिवत्त वित्तीय संस्थाका प्रविन कुमार लामा र सिभिल लघुवित्तका विनोद आर्चाय सदस्य छन् ।

साथै १७ औं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र चालू आर्थिक वर्ष आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षकको नियुक्ति गर्ने तथा पारिश्रमिक तय गर्ने प्रस्ताव पारित गर्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।