मुक्तिनाथ कृषि कम्पनी र भिजन लुम्बिनी उर्जाको धितोपत्र डिम्याट खातामा जम्मा

0
Shares

मुक्तिनाथ कृषि कम्पनी र भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडको धितोपत्र गोलाप्रथाबाट सेयर प्राप्त गरेका लगानीकर्ताको डिम्याट खातामा जम्मा भएको छ ।

भिजन लुम्बिनी उर्जाको धितोपत्र मङ्सिर २१ गते बिहीबार तथा मुक्तिनाथ कृषि कम्पनीको आईपीओ सेयर मङ्सिर २४ गते आइतबार सम्बन्धीत कम्पनीको डिम्याट खातामा जम्मा भएको हो । भिजन लुम्बिनीको सेयर भिएलयुसीएल (VLUCL) र मुक्तिनाथ कृषि कम्पनीको आईपीओ एमकेसीएल (MKCL) संकेतमा जम्मा गरिएको छ ।

भिजन लुम्बिनी उर्जाले कार्तिक १६ देखि २० गतेसम्म अंकित मूल्य १०० रुपैयाँमा २० लाख ७५ हजार २८५ कित्ता आईपीओ सर्वसाधारणमा निष्कासन गरेको थियो । मङ्सिर ५ गते बाँडफाँड भएको कम्पनीको आईपीओ गोलाप्रथाबाट २ लाख ७ हजार ५२८ जना आवेदकले हात पारेका छन् । तीमध्ये ५ जनाले ११ कित्ताका दरले सेयर पाएका थिए भने २ लाख ७ हजार ५२३ जनाले १० कित्ताका दरले प्राप्त गरेका छन् ।

यस्तै मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले मङ्सिर ८ देखि १२ गतेसम्म अंकित मूल्यमा ११ लाख ४८ हजार कित्ता आईपीओ सर्वसाधारणमा निष्कासन गरेको थियो । मङ्सिर १९ गते मंगलबार बाँडफाँड भएको कम्पनीको आईपीओ गोलाप्रथाबाट १ लाख १४ हजार ८०० जना आवेदकले १० कित्ताका दरले पाएका छन् ।

कतिमा खुल्छ कारोबार ?

भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडको आईपीओ धितोपत्रको दोस्रो बजारमा अधिकतम ३६५ रुपैयाँ ३४ पैसासम्म खुल्ने देखिएको छ । नेपाल स्टक एक्सचेन्जले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गरेको छ । सोही अनुसार उक्त रेञ्जभित्र कारोबारमा आउने देखिएको हो ।

कम्पनीको लेखापरीक्षण भएको वास्तविक प्रतिसेयर नेटवर्थका तीन गुणासम्म पहिलो कारोबार खुल्नसक्ने प्रावधानले यस्तो देखाएको हो । कम्पनीले आईपीओ निष्कासनका लागि प्रकाशन गरेको आह्वानपत्र अनुसार कम्पनीको आर्थिक वर्ष २०७८–७९ को वास्तविक प्रतिसेयर नेटवर्थ १२१ रुपैयाँ ७८ पैसा छ ।

भिजन लुम्बिनीको आईपीओ दोस्रो बजारमा कतिमा खुल्ला ?

यस्तै मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको आईपीओले दोस्रो बजारमा अधिकतम २३० रुपैयाँ ४३ पैसासम्मको ओपनिङ्ग कारोबार रेञ्ज पाउने देखिएको छ । कम्पनीको वास्तविक प्रतिसेयर नेटवर्थका आधारमा यस्तो देखिएको छ । सोही आधारमा कम्पनीले न्यूनतम ७६ रुपैयाँ ८१ पैसादेखि अधिकतम २३० रुपैयाँ ४३ पैसासम्मको ओपनिङ्ग कारोबार रेञ्ज पाउनेछ । यसबीचको जुनसुकै मूल्यमा कम्पनीको धितोपत्र पहिलो कारोबार हुन सक्नेछ ।

कम्पनीले सेयर जारी गर्न प्रकाशित गरेको आह्वानपत्रमा कम्पनीको आव २०७८–७९ को परिष्कृत वित्तीय विवरणका आधारमा वास्तविक प्रतिशेयर नेटवर्थ ७६ रुपैयाँ ८१ पैसा रहेको छ । विद्यमान व्यवस्था अनुसार नेपाल स्टक एक्सचेन्जले कुनैपनि कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गरेको छ ।

मुक्तिनाथ कृषि कम्पनीको आईपीओ दोस्रो बजारमा कतिमा खुल्ला ?

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २६ मंसिर २०८०, मंगलबार  १७ : १४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।