नेपालमा सञ्चालनमा रहेका सामुहिक लगानी कोषका खुल्लामूखी र बन्दमूखी योजनामा लगानी गर्नेहरु क्रमिक रुपमा बढि रहेका छन् । बन्दमूखी योजना केही पुरानो भए पनि खुल्लामूखी योजना केही वर्ष पहिलेदेखि मात्र बजारमा आएको हो ।
बन्दमूखी योजनाका इकाईहर दोस्रो बजारमा सूचीकरण भई कारोबारमा आउने भए पनि खुल्लामूखी योजनाका इकाईको हकमा त्यस्तो हुँदैन । खुल्लामूखी योजनाका इकाईहरु निरन्तर खरिदबिक्री हुँदै जाने र सोही अनुसार योजनाको आकार पनि बढ्ने हुन्छ । यस्ता योजनाको कारोबार निष्काशनकर्ता तथा योजना व्यवस्थापकले विभिन्न किसिमले गर्ने गरेका छन् ।
अन्य डिलर तथा बिक्रेतासँग सम्झौता गरी सेवाग्रहीलाई धेरै स्थानबाट इकाईका योजनामा लगानी गर्ने चलन धेरै छ । प्रविधिको विकाससँगै यसको सहज कारोबारको प्रयास भईरहेको छ । यस क्रममा एनआईसी एशिया क्यापिटलले आफ्नो व्यवस्थापनमा सञ्चालनमा रहेको एन आई सी एशिया डाइनामिक डेप्ट फण्डका इकाईमा वेबमा आधारित प्लेटफर्मबाट लगानी गर्न सकिने नयाँ र सहज प्रणालीको सुरुवात गरेको छ ।
हाल नेपालमा संचालित खुलामुखी योजनाहरु मध्ये लगानीमा न्यून जोखिम र नियमित प्रतिफल वितरण गर्न सक्ने क्षमता रहेको एन आई सी एशिया डाइनामिक डेप्ट फण्डको व्यवस्थित लगानी योजना (एसआईपी – सिस्टमेटिक इन्भेष्टमेण्ट प्लान) मा सहभागि भएका तथा हुन चाहने लगानीकर्ताहरुलाई झन्झट मुक्त किसिमले सजिलै लगानी तथा किस्ता भुक्तानी गर्न सकिने वेब बेस्ड प्लेटफर्मको सुवात गरेको हो ।
क्यापिटलका अनुसार उक्त प्लेटफर्मबाट लगानीकर्ताहरुले एन आई सी एशिया डाईनामिक डेप्ट फण्डका इकाईहरु खरिद, व्यवस्थित लगानी योजनामा दर्ता तथा सोको किस्ता भुक्तानी सजिलै गर्न सक्नुका साथै आफ्नो लगानीको सजिलै निगरानी गर्न सकिने व्यवस्था मिलाइएको छ ।
एन आई सी एशिया क्यापिटलले डिजिटलाइज्ड इन्भेष्टमेन्ट इकोसिस्टमको प्रवद्र्धनका साथै नेपाल र विश्वभर रहेका नेपाली लगानीकर्ताहरूलाई लगानीमा पहुँच विस्तार गर्ने लक्ष्यका साथ क्यू आर स्क्यान गरी छिटो छरितो र सहज रुपमा एसआईपीमा सहभागि हुन सकिने व्यवस्था गरेको जनाएको छ । यसले लगानीकर्ताहरूलाई इकाई खरिद गर्न, एसआईपीमा सहभागि हुन सहज हुनुको साथै, एसआईपीको भुक्तानी मिति निर्धारण गर्न र नियमित रुपमा आफुले भुक्तानी गरेको रकम तथा प्राप्त योजनाको इकाईको ट्रायक राख्न सहयोग पुग्ने क्यापिटलको भनाई छ ।
क्यापिटलले संचालनमा ल्याएका प्रविधि मैत्री सेवाले आगामी दिनमा खुलामुखी म्युचुअल फण्डको विकास विस्तारमा एक कोशे ढुंगा सावित हुने विश्वास लिएको छ । क्यापिटलले आफ्ना सेवाग्राहीहरुलाई प्रविधिको प्रयोग मार्फत सहज र सरल रुपमा आफ्नो सेवा प्रवाह गर्न अन्य योजनाहरु पनि ल्याउने जनाएको छ ।
व्यवस्थित लगानी योजनामा सहभागि हुन लगानीकर्ताहरूले क्यापिटलको वेबसाइटमा गएर वा क्यू आर कोड स्क्यान गरेर सहभागि हुन सक्नेछन् । यस्तो योजनाको किस्ता इसेवा, खल्ती, कनेक्ट आईपीएस, आईएमई पे र एनआईसी एशिया बैंकको मोबैंकबाट भुक्तानी गर्न सकिने क्यापिटलले जनाएको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया