धितोपत्र बोर्डको व्यवस्थापछि प्रभु महालक्ष्मी लाइफको सेयरमा पहिलो लकइन पिरियड खुल्दै

0
Shares

धितोपत्र बोर्डले लक इन अवधि सकिनु अगावै सो को जानकारी गराउनुपर्ने व्यवस्थापछि प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको सेयरमा पहिलो लकइन पिरियड खुल्ने भएको छ ।

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले बुधबार एक सूचना जारी गर्दै २०८० पुस ९ गतेदेखि इन्स्योरेन्सको लकइनमा रहेको संस्थापक तथा कर्मचारीमा वितरण गरिएको सेयरको लकइन पिरियड खुल्न लागेको जनाएको हो ।

कम्पनीले संस्थापक र कर्मचारीको गरि कुल ३ करोड ३ लाख ५६ हजार १०६ कित्ता सेयरको लक इन अवधिको पुस ९ गते समाप्त हुने जनाएको छ । कम्पनीका अनुसार संस्थापकतर्फको कुल ३ करोड ६३ लाख ७२ हजार कित्तामध्ये ३ करोड १ लाख १ हजार ७० कित्ता संस्थापक सेयरको लक इन अवधि समाप्त हुने छ । त्यस्तै कर्मचारीतर्फको कुल ३ लाख २८ हजार ९ सय ९८ कित्ता सेयरमध्ये २ लाख ५५ हजार ३६ कित्ता सेयरको लक इन अवधि समाप्त हुने जनाएको हो ।

लकइनमा रहेका सेयरहरु एकाएक खुलेर कारोबार हुँदा सर्वसाधारण लगानीकर्ता फस्ने डर भएको भन्दै विरोध भएपछि बोर्डले लक इन अवधि सकिनु अगावै पारदर्शी हिसाबले जानकारी दिनुपर्ने व्यवस्था गरेको हो ।

धितोपत्र बोर्डको सञ्चालक समिति बैठकले ‘लकइन’मा रहेको सेयर दोस्रो बजारमा कारोबार खुल्नुभन्दा ३० दिनअघि नै लगानीकर्ता र सरोकारवालाई सूचना जारी गरेर जानकारी गराउनुपर्ने निर्णय गर्दै मङ्सिर २५ गते सार्वजनिक सूचना प्रकाशित गरि जानकारी दिएको थियो । यस्तो जानकारी सम्बन्धीतथ कम्पनीले ३० दिनसम्म वेवसाइटमा राख्नुपर्ने तथा धितोपत्र बोर्ड, नेप्से र सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडलाई पनि उपलब्ध गराउनुपर्ने निर्देशन दिइएको थियो ।

बोर्डले सुचीकृत संगठित संस्थाहरुले लक इन पिरियड खुल्नुअघि ३० दिन कुन समुहको सेयर हो ? कसले कति कित्ता सेयर बेच्ने हो ? सोको सम्पूर्ण विवरण नेप्से र सीडीएससीको वेभसाइटमा एक हप्तासम्म राख्नुपर्ने नियम लागू गरेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।