प्रोगेशिभ फाइनान्सको वित्तीय विवरण स्वीकृत, सेयरधनीलाई छैन लाभांश

0
Shares

प्रोगेशिभ फाइनान्स लिमिटेडको वित्तीय विवरण स्वीकृत भएको छ ।

मङ्सिर २७ गते साँझ ५ बजे बसेको ५०८ औं सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८—७९ को अन्तिम लेखापरिक्षण प्रतिवेदन (वासलात), नाफा नोक्सान विवरण (अन्य विस्तृत आम्दानीको विवरण सहित) नगद प्रवाह विवरण, इक्विटीमा भएको परिवर्तनको विवरण आदि विवरण पारित गरेको हो ।

बैंठकले आगामी साधारण सभाबाट नगद लाभांश तथा बोनस सेयर वितरण गरिने कुनै प्रस्ताव नगरेको कम्पनी सचिव रुविश श्रेष्ठले जानकारी दिए । कम्पनीले पछिल्ला दुई वर्ष लगानीकर्ताको हात खाली बनाएको छ । आव २०७६–७७ मा कम्पनीले ६ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.३७ प्रतिशत नगद वितरण गरेको थियो ।

बैठकले उक्त आवको उल्लेखित वित्तीय अवस्थाको विवरण (वासलात), नाफा नोक्सान विवरण अन्य विस्तृत आम्दानीको विवरण सहित, नगद प्रवाह विवरण, इक्विटीमा भएको परिवर्तनको विवरण तथा यससँग सम्बन्धित अनुसूची लगायत लेखा सम्बन्धी टिप्पणी आदि विवरणमा नेपाल राष्ट्र बैंकबाट स्वीकृति पश्चात आगामी साधारण सभामा स्वीकृतीको लागि पेश गर्ने निर्णय गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।