कालिञ्चोक दर्शनले डाक्यो नवौं वार्षिक साधारण सभा

0
Shares

कालिञ्चोक दर्शन लिमिटेडले कम्पनीको नवौं वार्षिक साधारण सभा डाकेकोे छ ।  आर्थिक वर्ष २०७९—८० को मुनाफाबाट कुनैपनि लाभांश वितरण गर्ने प्रस्ताव नराखेको कम्पनीले सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक चयन सहितका प्रस्तावहरु राखेर सभा बोलाएको हो ।

कालिञ्चोक दर्शन लिमिटेडको मङ्सिर २८ गते बसेको ७७ औ सञ्चालक समितिको बैठकले पुस २६ गते बिहीबार बिहान ११ः३० बजे रोयल ईभेन्ट पार्टी प्यालेस तिनकुने काठमाण्डौमा नवौ वार्षिक साधरण सभा आह्वान गरेको छ ।

कम्पनिले नवौ बार्षिक साधरण सभाको प्रयोजनको लागि पुस १२ गते बिहीबारदेखि २६ गतेसम्म १५ दिनको लागि सेयरधनी दर्ता किताब बन्द रहने जनाएको छ । यसअनुसार पुस ११ गते बुधबारसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सेयर कारोबार भई कायम रहेका लगानीकर्ताले मात्र कम्पनीको लाभांश पाउनेछन् ।

सभाले संस्थापक समुहबाट ५ जना तथा सर्वसाधरण सेयरधनिको तर्फबाट १ जना तथा विषय विज्ञबाट १ गरी जम्मा ७ जना सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकको निर्वाचन गर्नेछ ।

यस्तै उक्त सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७९—८० को वासलात र नाफा र नोक्सान हिसाब विवरण सहितको लेखापरीक्षण प्रतिवेदन पारित गर्ने, आव २०८०–८१ को लेखापरीक्षण कार्यको लागि लेखापरीक्षणक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरु उपर छलफल गरी पारित गर्नेछ ।

साथै कुनै विशेष प्रस्तावहरुको संशोधनमा नियमन निकायहरुबाट कुनै पनि थप घट वा संशोधन गर्न निर्देशन भएमा सोही अनुरुप आवश्यक संशोधन तथा परिमार्जन गर्न, कंपनीलाई आवश्यक पर्ने पुँजी निर्माण (हकप्रद सेयर सम्बन्धी केवलकारमा थप लगानी तथा सिस्टममा वृद्धि गर्ने विषयमा आवश्यक निर्णय गर्न सञ्चालक समितिलाई अख्तियारी दिने सम्बन्धमा आवश्यक निर्णय गर्नेछ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।