एनआईसी एशिया बैंकले ३४८ रुपैयाँमा साना किसान लघुवित्तको संस्थापक सेयर बेच्दै

0
Shares

एनआईसी एशिया बैंक लिमिटेडले बैंकको स्वामित्वमा रहेको साना किसान विकास लघुवित्त वित्तीय (संस्था लिमिटेडको संस्थापक समूहको ३ लाख ९२ हजार ६५७ कित्ता संस्थापक समूहको सेयर बिक्री गर्दैछ ।

बैंकले प्रतिकित्ता न्यूनतम मूल्य ३४८ रुपैयाँमा बिक्री गर्नेगरी मङ्सिर १४ गते कान्तिपुर राष्ट्रिय दैनिकमा ३५ दिने सूचना प्रकाशित गरेको थियो । संस्थापक समूहको सेयर लिलाम सम्बन्धमा बैंकको निर्णय अनुसार साना किसान सहकारी संस्थाहरु तथा अन्य विद्यमान संस्थापकहरुलाई खरिद आह्वान गरेको छ ।

उक्त सेयर खरिद गर्ने लगानीकर्ताले आर्थिक वर्ष २०७९–८० को लागि लघुवित्त प्रस्ताव गरेको लाभांश समेत प्राप्त गर्ने जनाएको छ । यसअघि मङ्सिर २४ गतेपछि लघुवित्त संस्थाबाट घोषणा हुने हकप्रद सेयर, बोनस सेयर तथा लाभांश स्वीकृत आवेदनकर्ताहरूले प्राप्त गर्ने उल्लेख थियो ।

यससँगै बोलकबोलमा सहभागि भई बाँडफाँडमा सेयर पर्न सफल आवेदकहरुले गत आवबाट प्रस्तावित चुक्ता पुँजीको १४.२५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश समेत प्राप्त गर्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।