सोलार फार्मले आईपीओ निष्कासन गर्ने

0
Shares

सोलार फार्मले सर्वसाधारणमा आईपीओ जारी गर्ने भएको छ। कम्पनीले आईपीओ निष्कासन गर्ने प्रस्ताव सहित पुस २८ गते पाँचौं वार्षिक साधारण सभा डाकेको छ ।

सभा पुस २८ गते दिउँसो २ बजे पोखराको होटल माला पोखरामा सुरु हुने कम्पनीले जानकारी दिएको छ । सभाले आर्थिक वर्ष २०७९र८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै सभाले आईपीओ निष्कासन गर्ने, लाभांश वितरण गर्ने र अधिग्रहण तथा मर्जरसम्बन्धी प्रस्ताव पारित गर्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।