गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडका सेयरधनीको यस वर्ष हात खाली हुने भएको छ । लघुवित्तले आर्थिक वर्ष २०७९–८० बाट बोनस वा नगद कुनैपनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
वित्तीय संस्थाको २०८० साल मंसिर २८ गते बिहीबार दिउँसो ४ बजे बसेको सञ्चालक समितिको १११ औं बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिव विष्णुप्रसाद ढकालले जानकारी दिए ।
बैठकले आव २०७९–८० को वित्तीय विवरण नेपाल राष्ट्र बैंकमा स्वीकृतीका लागि पठाउने निर्णय गरेको छ ।
अघिल्लो आवबाट पनि लाभांश नदिएको लघुवित्त कम्पनीले २०७७–७८ बाट भने चुक्ता पुँजीको १९ प्रतिशत बोनस र कर प्रयोजनका लागि १ प्रतिशत नगद गरी कुल २० लाभांश वितरण गरेको थियो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया