सानिमा रिलायन्स लाइफको संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व परिमार्जन हुने

0
Shares

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको सेयर स्वामित्व परिमार्जन हुने भएको छ ।  कम्पनीले संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व परिमार्जन गर्ने प्रक्रिया अगाडि बढाएको जनाएको छ ।

गत मंगलबार जारीक सूचनामा संस्थापक सेयर सर्वसाधारण सेयरमा परिवर्तन गर्न नचाहने सेयरधनीलाई निवेदन दिन अनुरोध गरेको छ ।कम्पनीले ७ दिनभित्र काठमाडौंको नयाँ बानेश्वरस्थित कम्पनीको प्रधान कार्यालय वा काठमाडौंको नक्सालस्थित सानिमा क्यापिटलमा निवेदन दिन कम्पनीले अनुरोध गरेको छ । तोकिएको समयसीमाभित्र संस्थापक शेयरधनीबाट कुनै निवेदन नपरेको खण्डमा संस्थापक सेयर सर्वसाधारण सेयरमा परिणत गर्न सहमति भएको मानिने समेत जनाएको हो ।

हाल कम्पनीमा संस्थापकको ७० प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत सेयर स्वामित्व रहेको छ । बीमकको संस्थापक सेयर कारोबारसम्बन्धी निर्देशिकामा संस्थापक सेयर स्वामित्व कम्तिमा ५१ प्रतिशत हुने गरी बाँकी सेयर सर्वसाधारणमा परिणत गर्न सक्ने व्यवस्था छ । सोही बमोजिम कम्पनीले १९ प्रतिशत संस्थापक सेयर सर्वसाधारणमा परिणत गर्न नेपाल बीमा प्राधिकरणबाट स्वीकृति लिई गत वर्ष फागुन १२ गते सम्पन्न पाँचौं वार्षिक साधारण सभाबाट समेत अनुमोदन गराइसकेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।